आमाहरुले आफ्नो बालबच्चालाई घरमै पढाउछिन

  • कार्तिक १३, २०७८
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १३, कार्तिक । भनिन्छ :बालबालिका शिक्षाका लागि स्कुल भन्दा पनि घरको वातावरण र घरको सिकाई बढी प्रभावकारी हुन्छ । कलिला उमेरका बालबालिकाको चौतर्फी विकासका लागि गाउँ र टोलको वातावरणको साथै घरको शिक्षाले बढी महत्त्व राख्दछन् । खासगरी ३ बर्ष देखि ५ बर्ष मुनिका बालबालिकाहरु लाई घरमा राम्रो वातावरणमा हुर्काएमा , उनिहरुको जीवन फेरिनेमा दुईमत नरहला । यस्तै उदाहरण प्रस्तुत गरिरहेका छन् , सप्तरीको सुरुङ्गा नगरपालिकाको आमाहरु । नगरपालिकाका वडा नम्बर - ७ र ८ का आमाहरुको दैनिकी पहिलेको तुलनामा आज भोली फेरिएको छ । घरको दैनिक काम काज गर्ने त छदैछन , घरको काम काज छोडेर उनिहरु आफ्नो बाल बच्चालाई पढाउन लेखाउन घरमै करिब ४ घण्टा समय खर्चिरहेका छन ।

बालविकास जाने उमेर समुह ( ३ बर्ष देखि ५ बर्ष मुनि) का बालबालिकाहरुलाई आमाहरूले घरमा दैनिक मन्टेश्वरी बिधीमा खेलकुद र चित्रको आधारमा पढाईरहेकी छिन् । बालविकास केन्द्रमा बालबालिकाहरु दैनीक ४ घण्टा पढने त छदैछ्न संगै आमाहरूले हरेक दिन २ घण्टा विहान र २ घण्टा साझ आफ्नो बालबच्चालाई घरमा पढाउने गरेका छन । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा घरमा सुरक्षीत सिकाई परियोजना मार्फत नगरपालिकाको वडा नम्बर - ७ मा पर्ने बसनपट्टी , पोखरीया टोल र ८ को मलहनमा , समसेरपुर टोलका २ सय ३ घरपरिवारका आमाहरुको प्रत्येकको घरमा मिनि पुस्तकालयको स्थापना गरिएको छ । सो परियोजना मार्फत प्रत्येक घर परिवारका एक जना आमाहरुलाई मोबाइल समेत प्रदान गरेको छ ।

घरमा आफ्नो बालबालिकाको पठन पाठानमा सहयोग पुग्ने उदेश्यले मोबाइल दिएको एकजना आमा सुनिता चौधरीले बताईन् । सुरुङ्गा नगरपालिकाको समन्वयमा लक्षित बर्गका घर परिवारको प्रत्येक घरमा ( म्याजिक ब्याग ) खेलकुद सामग्री देखि शैक्षिक समग्री सहयोग गरेको छ । करिब २ बर्ष देखिको कोविड महामारीको कारण बालबालिकाको पढाईमा असर परेको भन्दै आमा र वालबालिकाहरुका लागि घरमा सुरक्षित सिकाई परियोजना ल्याईएको सबल नेपालका परियोजना अधिकृत राधेश्याम रामले बताए ।

Open photo

साक्षर नभएका आमाहरुका लागि परियोजना मार्फत सुरक्षीत सिकाई बाताबरण मार्फत साक्षर बनाई पठन पाठनको कार्यको लागि अग्रसर गराईरहेको छ । उक्त कार्यक्रम नगरपालिकामा धेरै नै प्रभावकारी भएको सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरी बताए । नगरपालिकाको शिक्षा क्षेत्रको विकासका लागि घरमा सुरक्षीत सिकाई परियोजनाले धेरै नै सकारात्मक सहयोग गरेको मेयर चौधरीको भनाई छ । परियोजना संचालन भएको दिन देखि बालमैत्री नगरपालिका घोषणा गर्न नगरपालिकाले पनि बजेट , नीति तथा कार्यक्रमहरुमा आमा र बालबालिका समेटने गरेको छ । बालमैत्री पालिका बनाउन हरेक बर्ष वडा स्तरीय र नगरस्तरीय कार्यक्रममा बजेट बिनियोजन गरी कार्यन्वन गरिरहेको छ ।

Open photo

 

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१