ताजा समाचार

धनुषामा ५१ जना काँग्रेस प्रवेश, नेता प्रसैलाले गरे स्वागत

  • कार्तिक १२, २०७८
  • ५३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेकपा एमाले, माओवादी र जसपा परित्याग गरि ५१ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन्। काँग्रेस कमला नगरपालिका वडा नं ९ का वडा सभापति राजाराम मण्डलको अध्यक्षता एवम् पुर्व सांसद दिनेश प्रसाद प्रसैलाकाे प्रमुख आतिथ्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रसैलाले​ नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । धनुषा निर्वाचन क्षेत्र २ बाट काँग्रेस प्रवेश गरेका ५१ जना नेता तथा कार्यकर्तालाई नेता प्रसैलाले साधारण सदस्यता समेत प्रदान गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेता प्रसैलाले नव प्रवेशीहरुलाई सम्मानजनक हिसाबले क्षमता अनुसार जिम्मेवारी दिने बताए । नेता प्रसैलाले स्थिरता र विकासका लागि काँग्रेस को आवश्यकता भएकाले काँग्रेसले लोकतान्त्रिक व्यवस्था जोगाउन सरकारको नेतृत्व गरेको बताए ।

आगामी निर्वाचनमा काँग्रेसले बहुमतको सरकार बनाउने उनको दाबी छ । यता नव प्रवेशीहरुले काँग्रेसले मात्र विकास र समृद्धि ल्याउन सक्ने भएकाले पार्टी परित्याग गरि काँग्रेसमा आएको बताएका थिए । कम्युनिस्टहरूले जनतालाई भ्रम र झुटको खेती मात्रै गरेको भन्दै नेकपा एमालेले जनमतको उपेक्षा गरेर देश र जनतालाई धोका दिएको उनीहरुको भनाइ थियो । शुक्रवार सयौको संख्यामा स्थानीयको सहभागिता रहेको शुभकामना आदानप्रदान कार्यक्रम वृजलाल पासमानकाे नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम सम्पन भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सहसभापति नविन गोहिवार, सुचित लाल मरीक, राजेश्वर गोइत, कमला नगरपालिकाका मेयर राम उदगार गोइत, उप मेयर शिला देवी मण्डल एंव वडा अध्यक्ष धर्मनाथ मण्डल, राम नरेश मण्डल, पुस्पेन्द्र गोईत लगायत उपस्थिति रहेको थियो।

Open photo

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤