ताजा समाचार

उज्जवल समाज कल्याण द्वारा सदा परिवार लाई आर्थिक सहयोग

  • कार्तिक १२, २०७८
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स कार्तिक १२ । उज्जवल समाज कल्याण समिती द्वारा एक विपन्न परिवार लाई आर्थिक सहयोग गरेकोछ । गरिबिको कारण दुई छाक टार्न समेत अभाव भएको एक पिडित व्यक्ति , जिल्ला सिराहा गाउँपालिका विष्णुपुर वडा नं. ४ थल्हा कटहा वस्ने दलित परिवार को बिर्छा सदा पारालाइसिस रोगले ग्रसित भइ उपचार गराउदा गराउदै उपचारकै क्रममा आर्थिक अभाव ले उपचार रोक्नु परेको छ।ज्याला मजदुरी ले गरि परिवार चलिरहेको बिर्छा सदा को विरामी ले पुरै परिवार नै चिन्तित मा परेको छ। उपचारको अभाव ले छटपटाइ रहेको बिर्छा सदा ले कहि कतै बाट सहयोगको सम्भावना नदेखिएको अवस्थामा बैदेशिक रोजगारी मा विभिन्न देशमा छरिएर रहेको थल्हा गाउँ कै युवाहरु द्वारा संचालित उज्जवल समाज कल्याण समिति द्वारा सहयोग संकलन गरि यहि गत कार्तिक ८ गते २०,०००/-बीस हजार नगद सहित ५०००/- पाँच हजार मूल्य बराबर को खादान्न सामग्री सहित को व्यवस्था गरि संस्थाकै स्थानीय युवाहरु पिडित को घरमै पुगि उक्त सहयोग हस्तान्तरण गरेको थियो।
मानवता नै ठूलो धर्म हो भन्ने मान्यताका साथ मानव रक्षाका लागि संस्थाको युवाहरु प्रतिवद्द रहेको छ। मानिसको जिवनशैली सहजता का लागि सामाजिक भेदभाव, सामाजिक कुप्रथा, सामाजिक विकृति , अशिक्षा तथा बेरोजगार न्यूनीकरण गरि समाज उत्थान को कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने संस्थाको मुल उदेश्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤