बोदेबर्साइनका अधिकाँश पोलिक्लिनिक र औषधी पसल अवैद्य

  • कार्तिक ११, २०७८
  • ९०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान, ११ कात्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिकाभित्र रहेका अधिकाँश स्वास्थ्य प्रतिष्ठान अवैद्यरुपमा संचालन रहेको खुलासा भएको छ । बोदेबर्साइन ५ स्थित नइमा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि सँचालनको लागि नगरपालिकाबाट दर्ता गराएपनि आवश्यक मापदण्ड पुरा नगरेको स्थानीयको दावी छ । उता, लाईफ केयर पोलिक्लिनिक प्रालिको नाम दिएपनि दर्ता विना नै संचालन गर्दै आएका छन् । सरोकारवाला निकायले पोलिक्लिनिक संचालनको लागि ओपिडी, फार्मेसी, ल्याब, एक्सरे, इर्मेजेन्सीसहित एमविविएस डाक्टर अनिवार्य गरेको छ ।नइमा हेल्थ केयरको फार्मेसी अजयकुमार साहको नाममा प्रतिमा फार्मेसी रहेको छ । फार्मेसी संचालक नइमा हेल्थ केयरमा नबस्ने गरेको छ । जहाँ फार्मेसी संचालक स्वम आफै बसेर सँचालन गर्नुपर्ने प्रावधान छ । नइमाका सँचालक रियाज अहम्दले ‘फार्मेसीका अजय साह काठमाण्डौ जानु भएका छन् ।’ ‘दर्ता लिएको सात दिन भएको छ ।’ ‘समान्य परामर्श गर्दै आएको छु ।’‘ पोलिक्लिनिकको आवश्यक मापदण्ड तयारी गर्दैछु ।’‘केही दिनमै सबै मापदण्ड पुरा हुने ।’

Open photo

संचालक अहम्दको दावी छ । बोदेबर्साइन ५ स्थित रहेको लाईफ केयर पोलिक्लिनिक प्रालिले पाँच बर्ष पहिले जनस्वास्थ्य कार्यालयबाट क्लिनिक दर्ता गराएको छ । हाल नविकरण समेत नरहेको सो लाईफ केयरले आवश्यक पाँच मापदण्ड पुरा नगरी सँचालन गर्दै आएको छ । मापदण्ड पुरा नगरेकोले नगरपालिकाले समेत दर्ता नगरेको पोलिक्लिनिक संचालन गर्दै आएको छ । दर्ता समेत नगरेको लाइफ केयरका संचालक आसुतोष यादवले ‘फार्मेसी आफ्नै भएकोले पोलिक्लिनिक दर्ताको लागि नगरपालिकामा निवेदन दिएको छु । ’‘अहिले हप्तामा एक दिन डा.नुनजा यादव विराटनगरबाट आउँनु हुन्छ ।’‘बेलाबखत अरु डाक्टरलाई पनि बोलाउँने गरेको छु ।’ लाईफ केयरमा रिद्धीसिद्धी नामक फार्मेसी संचालन रहेको छ । क्लिनिक समेत नविकरण नरहेको लाईफ केयर पोलिक्लिनिक प्रालिले पोलिक्लिनिकको बोर्ड राखेर सेवाग्राहीलाई झुक्याउँने गरेको छ । बोदेबर्साइन बजारको औषधी पसल अवैद्यरुपमा संचालन रहेको छ । अधिकाँशको फार्मेसीको प्रमाणपत्र समेत छैन । जसको रहेपनि अरुको फार्मेसी प्रमाणपत्र लिएर संचालन गर्दै आएको छ । फार्मेसीको प्रमाणपत्र भाडामा लिएर संचालन गर्दै आएको छ । यसप्रति सरोकारवाला निकाय मौन छन् । बोदेबर्साइन नगरपालिकासँग सम्पर्क गर्दा यस्ता अवैद्य औषधी पसल तथा पोलिक्लिनिकलाई प्रक्रियामा ल्याउँन अनुगमन तिब्र पार्ने र कारवाहीको प्रक्रियामा लैजाने बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

सिरहा सेवा समाज कतार ...

रहमुल लहान, ३ जेठ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा सामाजिक उत्तरदायित्व निर्व ...

विद्यालय सुधार योजना ...

रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा ...

लहानमा विद्यार्थीहरू ...

ओम प्रकाश यादव लहान, ३ जेठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१