Siraha Times
ताजा समाचार

६८ औँ स्थापना दिवसको अवसरमा तरुण दल सिरहाद्धारा रक्तदान

  • कार्तिक १०, २०७८
  • १३३२ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा । नेपाली काँग्रेस निकट भातृ सँगठन नेपाल तरुण दल सिरहाले आफ्नो ६८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  । नेपाल तरुण्द दल सिरहाका सदस्य एवम् नेपाली काँग्रेसका युवा नेता अरबिन्द कुमार मण्डलको विशेष सक्रियतामा अयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जन बढी युवाहरुले रक्तदान गरेका छन् ।
 
गाउँघरमा आम नागरिक विरामी हुँदा रक्तको अभाव भएको बेला चाहिने अवस्थामा आफूलाई फोन गर्ने भएकाले रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल तरुण दलका जिल्ला सद्स्य तथा युवा नेता मण्डलले जानकारी दिए । सिरहाको नरहा गाउँपालिका वडा नम्बर १ स्थित आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख आतिथ्य, पूर्व साँसद डा. गणेश मण्डल, सँघका सभापति कौशल मण्डल लगायत नेताहरु अरुण सिंह , रमेश नेउपाने , महेश्वर यादव , धनेश्रर यादव , कृष्ण सिंह दनुवार , जितेन्द्र यादव , रमेश रय , फिरण ठाकुर , शेखर यादव , आदित्य सिंह ,राम बाबू यादव लगायतका राजनीतिकर्मीहरुको विशेष उपस्थितिमा रक्तदान कार्यक्रम गरिएको हो ।
 
युवाहरुले रक्तदान क्रायक्रमको आयोजना गरेर समाज सेवाको काम गरेका गरेको भन्दै प्रमुख अतिथी यादवले युवाहरुको कार्यप्रति कृतज्ञता प्रकट गरे । सिरहामा नेपाल तरुणदलाई केही सहयोग चाहिएमा नेपाली कांग्रेस पछाडी न हट्ने उनले प्रतिवद्धता पनि जाहेर गरे । नेपाल तरुण दलको ६८ औं स्थापना दिबसको अबसरमा विभिन्न किसिम सिर्जनात्मक कार्यक्रम गर्ने केन्द्रद्वारा परिपत्र गरेका थिए ।
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१