Siraha Times
ताजा समाचार

तस्करीका मालसामान किन बुझ्न मान्दैन्न राजस्व कार्यालय पथलैया

  • कार्तिक ८, २०७८
  • ९५८ पटक पढिएको
  • रामएकवाल राम
alt

पर्सा, ७ कार्तिक। नेपाल र भारतको सीमा हुँदै अबैध तरिकाले नेपाल भित्रिने मालसमान सजिलै ट्रान्सपोर्टको माध्यमले मुलूकको विभिन्न स्थानमा पुग्ने गरेको छ ।

तस्करी नियन्त्रण गर्नको निम्ति खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीका मालसामान बोक्ने ट्रान्सपोर्टको गाडी पक्राउ गरेपनी राजस्व अनुसन्धान कार्यालय पथलैया र बिरगंज भन्सार कार्यालय बुझ्न नमान्दा तस्करीको मालसमान ओसार पोसारमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले सहयोग पुर्याउदै आएको रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको प्रहरी टोलिले पटक पटक अबैध तरिकाले आयात भएको मालसमान बोकेको ट्रकलाई नियन्त्रणमा लिइ अवाश्यक कारवाहीको लागि भन्सार दाखिला गर्न खोजेपनी भन्सार बुझन नमान्दा झन थप समस्या उत्पन्न भएको प्रहरीले जनाएका छन ।

बिरगंजमा रहेको ट्रान्सपोर्टहरू सङ्ग सेटिङ्ग मिलेकै कारण सजिलै तरिकाबाट अबैध तरिकाले आयात भएको मालसमान काठमान्डुसम्म पुग्ने गरेको बताइन्छ । नेपाल सरकारले चेकजाचको निम्ति खटाइएको राजस्व अनुसन्धानका कर्मचारीको साथ साथै प्रमुखहरूले समेत मोटो रकमको नजराना बुझको बारे यस्तो घटनाले प्रमानित गरेको बारे दुइमत छैन । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख नरायण मैनालीको समेत यस्तो घटनामा सन्लगन्ता भएकै कारण तस्करीका मालसमान सजिलै मुलूकको विभिन्न ठाउहरूमा पुग्ने गरेको बताइन्छ । पटक पटक प्रहरीले पक्राउ गरि अनुसन्धानको लागि राजस्व कार्यालयमा बुझाउने र राजस्वले चेकजाच नै नगरी छोडने गरेको घटनाले यस्तो रहस्य खुलेको हो ।

नारायण मैनालीले आफ्नो पदिय मर्यादालाइ बिर्सेर तस्कर संगठनलाई सघाउने गरेको यस घटनाले प्रमानित समेत गरेको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख समेत रहेका मैनालीका कारण बाध्य भइ प्रहरीहरू समेतमा भाग बन्डा हुने गरेको छ । तस्करीका मालसमान बोक्ने ट्रान्सपोर्टका संचालकहरूले पर्साको बिरगंजदेखि बाराको अमलेखगञ्जसम्म रहेका प्रहरी चौकिको साथ साथै राजस्व अनुसन्धानमा समेत मोटो रकमको नजराना बुझाउने गरेको एक जना ट्रान्सपोर्टका संचालकले बताएका छन ।

ट्रान्सपोर्टका गाडी पक्राउ हुदा राजस्व अनुसन्धानले पूरै समान खोलेर चेकजाच नै नगर्ने गरेको कारण सजिलै घुसको अखडा बारे प्रमानित भएको, उनले बताए । यस्तो गैर कानूनी प्रक्रियाले घुसको अखडा बनाएका कार्यालयहरू माथी गृह मन्त्रालयको समेत ध्यान नपुग्नुले प्रश्ण चिन्ह खडा भएको छ । तस्करीको लाइन खोल्न गृह मन्त्रालयबाटै आदेश भएको हुन सक्ने चर्चाको बिषय बनेको छ । तसर्थ : यस्ता गतिविधिमा सहयोग गर्ने राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख नारायण मैनाली माथी गृहमन्त्री बाल कृष्ण खाडको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘विल्डअन’सँग ...

सिरहाटाइम्स वैशाख ११ । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै लहान नगरपालिकाले अन्तर्रा ...

“यातायातमा खुला लुट: ...

रंजित चौरसिया,वीरगंज ११ बैशाख । यातायात व्यवस्था कार्यालय वीरगंजका “च झ” फाँट प्रमुख अधि ...

नेपाल प्रहरीसँग बालव ...

ओम प्रकाश यादव लहान वैशाख ११ । बालविवाह न्यूनीकरण तथा बालअधिकार संरक्षणको उद्देश्यले सिरहाको मिर्चैय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१