ताजा समाचार

उज्जवल समाज कल्याण समिति द्वारा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न

  • असोज ३०, २०७८
  • ११०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असत्य माथी सत्यको विजय हासिल गरेकी विभिन्न देवी देवताहरु को शक्ति समाहित दुर्गा आमाकी पुजाको अन्तिम दिन विशेष पुजा आराधनाको साथ उज्ज्वल समाज कल्याण समिति द्वारा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।बैदेशिक रोजगारी को क्रममा विभिन्न देशमा छरिएर रहेका प्रदेश नं २ को सिराहा स्थित विष्णुपुर गाउँपालिका वडा नं-४ थल्हा कटहा को युवाहरु द्वारा संचालित उज्जवल समाज कल्याण समिति द्वारा दुर्गा मेलाको महोत्सवमा विशेष कार्यक्रम को साथ एक दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो।

उज्जवल समाज कल्याण द्वारा आयोजित कार्यक्रम मा सहभागी प्रतिनिधि सभा सदस्य श्री राजकिशोर यादव को प्रमुख अतिथ्य तथा प्रदेश सभा सदस्य श्री सुरेश मंडल र गा.पा. प्रमुख तथा वडा नं.-४ को वडा प्रमुख ज्यु को अतिथ्यमा विशेष समारोह गरि संस्थाको उदघाटन भयो। लगतै वरिष्ठ डाक्टर सत्यनारायण यादव र व. डा. पारसमणि साहको सहयोगमा मा सहभागी असिस्टेन्ट डाक्टर हरु द्वारा विभिन्न चेक जांच को साथ नि:शुल्क औषधि सहित को सेवा प्रदान गरेका थिए। दुर्गा मेला महोत्सवमा आएका श्रदालु भक्तजन सहित स्थानिय वासी सेवाग्राही लाई समेत औषधि उपचार गरि शिविर सम्पन्न भएको थियो। नव गठित उज्जवल समाज कल्याण समिति ले गाउँ मा भैरहेको र हुन गइरहेको विभिन्न सामाजिक समस्या हरु : सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक विकृती विसंगती अशिक्षा तथा बेरोजगार मा सुधार गर्दै विभिन्न कार्यक्रम द्वारा सचेत नागरिक शिक्षित समाज निर्माण तथा समाज उत्थान मा महत्वपुर्ण भुमिका निर्वाह गर्न यो संस्था संचालन गरेका छन।

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤