ताजा समाचार

आईएलओको सहयोगमा हरवाचरवालाई राहत

  • असोज २५, २०७८
  • १२४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान २५ असोज । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ललितपुर नेपालको आर्थिक सहयोगमा दलित समाज उत्थान समितिले आज सिरहाको दूई नगरपालिकामा राहत वितरण गरेको छ । दलित समाज उत्थान समितिको आयोजनामा असोज २४ गते सिरहाको धनगढीमाई नगरपालिकाभित्र रहेका एक सय हरवाचरवालाई सो राहत उपलब्ध गराएको छ । त्यसैगरी आजै दलित समाजको आयोजनामा लहान नगरपालिकाभित्र रहेका एक सय हरवाचरवालाई राहत उपलब्ध गराएको समाजका कार्यकारी निर्देशक सुनिल ठाकुरले बताए । श्रम संगठनको आर्थिक सहयोगमा प्रति घरपरिवार चामल ३० केजी, दाल ४ केजी, खानेतेल २ लिटर, आयोडिन नुन २ केजी, चिनी २ केजी, लाइफब्याई साबुन ५ पिस, माक्स र आधा लिटर सेनिटाइजर उपलब्ध गराएको छ । हरवाचरवालाई लक्षित गरि उपलब्ध गराएको राहतले स्थानीयवासी हर्षित भएका छन् । कोरोना संक्रमणको यो अवस्थामा रोजीरोटीको समस्या भइरहेको अवस्थामा यस किसिमको राहतले धेरै ठूलो सहयोग भएको स्थानीय जसकरण साहले बताए । धनगढीमाई र लहान नगरपालिका गरी दूई सय हरवाचरवालाई राहत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤