ताजा समाचार

दहुवा टेकनोलोजीको रयाडर सिस्टमको सहयोगले अपराधी नियन्त्रण गर्न सहज बनाउछ : ट्राफिक प्रहरी निरीक्षक मिरिंगचिङ

  • असोज २२, २०७८
  • ८६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ असोज - दहुवा टेकनोलोजीको रयाडर सिस्टमको क्यामराले जस्तो सुकै अपराधी नियन्त्रण गर्न सहज रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले पत्रकार समेलनमा बताउनु भयो । दहुवा टेकनोलोजीको रयाडर सिस्टमको क्यामरा सिरहा जिल्लामा कम्तीमा ४ ठाउँमा जडान गर्‍यो भने अपराधी घटनाहरु नियन्त्रण र सहजै पतालगाउन सक्ने प्रविधि मध्ये उच्च स्तरीय प्रविधिमैत्री नाइट भिजन गुणस्तरीय क्यामरा रहेको बताए ।चाइनाले उत्पादन गरेका दहुवा टेकनोलोजीको रयाडर सिस्टमको क्यामरा नेपाली बजारमा निकै नै चर्चामा रहेको उपभोक्ताहरुको भनाई छ।जस्तोसुकै परिस्थितिमा उक्त क्यामराले फोटाे र भिडियो राम्रो खिचिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका इन्चार्ज तथा प्रहरी निरीक्षक दान बहादुर मिरिङ्चिङले एक कार्यक्रममा बताए। प्रदेश न.२ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा प्रदेश २ का पुर्व पश्चिम् राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालीका १ स्थित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको चेक पोस्टमा जडान गरीएको छ भने सिरहा नगरपालीकाको माडर भन्सारमा समेत जडान गरिएको छ।

सिरहा प्रहरीका अनुसार उक्त दहुवा कम्पनीका क्यामरा च्यानचुने क्यामरा होईन अरु कम्पनीको क्यामरा भन्दा निकै उच्च गुणस्तरीय प्रविधिको क्यामरा रहेको आफू स्वम उक्त क्यामराको प्रयोग कर्ता र उपभोक्ता रहेको अनुभव पत्रकार समेलनमा सुनाएका थिए। नेपालका ठुल-ठुल्ला सहरहरुमा जहाँ बढी जोखिम परिस्थिति र अपराधी घटनाहरु बढी हुने स्थानमा उक्त क्यामरा जडान गरिएको दहुवा टेकनोलोगी सिरहा लहानका प्रतिनिधि दुर्गा प्रसाद महतोले जानकारी दिनु भयो। प्रदेश न.२ का सम्पुर्ण जिल्लाहरुमा उक्त क्यामरा जडान भएको देखिन्छ।उक्त क्यामराले छोटो् समयमा निकै चर्चा बटुलेका छन् । साथै ANTR पनि निकै चर्चामा रहेको अधिकारीक ब्यक्तीले जानकारी दिनु भयो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका इन्चार्ज तथा प्रहरी निरीक्षक दान बहादुर मिरिङ्चिङका अनुसार हामीले उक्त क्यामरा जडान भएको करिब ४ महिना भयो, यो अबधिमा हामीले क्यामराको सहयोगले पता नलाग्ने घटनालाई क्यामराको सहयोगलिएर सह्जै घटनाको अपराधीलाई पतालगाउन सकेको मिरिङ्चिङले जानकारी दिनु भयो। ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालका अनुसार उक्त क्यामरा निकै नै उपयोगी र उच्च प्रविधिको गुणस्तरीय क्वाईलीटी भएको र अरु क्यामराको तुल्नामा फरक क्षेमता निहित रहेको बताए। हामीले उक्त क्यामरा खरिद गर्न सल्लाह दिन चाहन्छौं ।

Open Photo

 

प्रतिक्रिया दिनुहोस

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤