Siraha Times
ताजा समाचार

पर्सा जिल्लाको भिष्वाबाट भारी मात्रामा छोकडा बरामद, सशस्त्र प्रहरीले नै संरक्षण गर्दै आएको खुलासा

  • असोज २१, २०७८
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, २१ असोज ÷ पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने भिष्वा नाका हु“दै, आएको तस्करीमा सशस्त्र प्रहरीले नै सहयोग पु¥याउदै आएको एक घटनाले उजागर पारेको छ । आज करिब ८ बजेर ३० मिनेटको समयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नेपालबाट अवैध तरिकाले निर्यात गर्दै गरेको अवस्थामा २० बोरा छोकडा बरामद गरेको हो । बिगत लामो समयदेखी सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको निर्देशनमा भिष्वा नाका हु“दै तस्करी भइरहेको बिषयमा सूचना आउनसाथ २ नम्बर बाहिणीबाट टोली परिचालन भएको थियो । भिष्वा नाका हु“दै अवैध तरिकाले मालसमान आयात निर्यात भइरहेको बिषयमा २ नम्बर बाहिणीका प्रमुख डिआईजी गणेश ठाडा मगरले सूचना पाउनसाथ बिशेष टोली परिचालन गरेका थिए । बिगत २ दिनको प्रयास पश्चात भिष्वा नाकाबाट अवैध तरिकाले निर्यात हुदै गरेको अवस्थामा २० बोरा छोकडा बरामद भएको बताइन्छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले तस्कर समुह स“ग मोटो रकमको नजराना बुझे पश्चात स्थानीय ठूला वडा तस्करहरुलाई लाइन दिएको बताइन्छ । गणकै प्रमुखको इशारा पाए पश्चात स्थानीय बोर्डर आउट पोष्ट भिष्वा बन्जारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेलले तस्करीको लाइन दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । नेपालको भिष्वाबाट सिकटा बजारतर्फ अवैध तरिकाले छोकडा निर्यात गर्दै गरेको अवस्थामा २० बोरा छोकडा बरामद गर्न सफल भइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार २ नम्बर बाहिणीबाट खटिएको प्रहरी टोलीले छोकडा पक्राउ गरिएको तर के कति संख्या र कति मुल्य बराबरको छोकडा रहेको बिषयमा खुल्न नसकेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१