खराम मौसममा कारण विराटनगर उडेको सौर्यको विमान काठमाडौँनै फिर्ता

  • असोज १३, २०७८
  • ४०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौ - खराब मौसमका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमान बीचबाटै काठमाडौँ फर्किएको छ। विराटनगरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख उत्सव खरेलका अनुसार मङ्गलबार साँझ खराब मौसमको कारण विराटनगरको लागि उडेको उक्त विमान पुनः काठमाडौँ नै फर्काइएको हो। प्रमुख खरेलले मङ्गलबार बेलुका सौर्य एयरलाइन्ससहित थप दुई कम्पनीका गरी चारवटा विमानको काठमाडौँबाट विराटनगर उडान प्रभावित भएको जानकारी दिए। बेलुका मौसम खराब भएपछि साँझ ६ बजेपछिको सौर्यको एउटा, यती एयरलाइन्सको एउटा र बुद्धको दुईवटा उडान रद्ध भएको खरेलले जानकारी दिए। उडान भरेको सौर्यको जहाज बीचबाटै काठमाडौँ फर्काइएको भए पनि यती र बुद्धका विमान उडेका थिएनन्। प्रमुख खरेलले रद्ध भएका उडान बुधबार बिहानदेखि नियमित रुपमा अघि बढेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१