ताजा समाचार

खराम मौसममा कारण विराटनगर उडेको सौर्यको विमान काठमाडौँनै फिर्ता

  • असोज १३, २०७८
  • ५४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौ - खराब मौसमका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमान बीचबाटै काठमाडौँ फर्किएको छ। विराटनगरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख उत्सव खरेलका अनुसार मङ्गलबार साँझ खराब मौसमको कारण विराटनगरको लागि उडेको उक्त विमान पुनः काठमाडौँ नै फर्काइएको हो। प्रमुख खरेलले मङ्गलबार बेलुका सौर्य एयरलाइन्ससहित थप दुई कम्पनीका गरी चारवटा विमानको काठमाडौँबाट विराटनगर उडान प्रभावित भएको जानकारी दिए। बेलुका मौसम खराब भएपछि साँझ ६ बजेपछिको सौर्यको एउटा, यती एयरलाइन्सको एउटा र बुद्धको दुईवटा उडान रद्ध भएको खरेलले जानकारी दिए। उडान भरेको सौर्यको जहाज बीचबाटै काठमाडौँ फर्काइएको भए पनि यती र बुद्धका विमान उडेका थिएनन्। प्रमुख खरेलले रद्ध भएका उडान बुधबार बिहानदेखि नियमित रुपमा अघि बढेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤