तराई क्षेत्रका महिलाहरूले आज जितिया पर्व मनाउँदै

  • असोज १३, २०७८
  • ५७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । तराई क्षेत्रका महिलाहरूले आज जितिया पर्व मनाउँदैछन् । थारु तथा मिथिलाञ्चलका महिलाहरूले तीन दिनसम्म मनाइने जितियाको आज मुख्य दिन हो । यो पर्व मनाउने महिलाहरूले हिजो बिहानदेखि पानी पनि नखाई बसेको व्रत आज बिहान व्रत तोडेका छन् । असोज कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । पहिलो दिन पूजाआजा तथा विभिन्न परिकार खाएर मनाउने चलन छ । व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जसलाई मिथिलाञ्चलमा माछ मरुवा भनिन्छ। दोस्रो दिन महिलाहरू निराहार व्रत बस्ने र तेस्रो दिन व्रत तोडने गर्छन् । आज बिहान सूर्यलाई पूजा गरेर व्रत समाप्त भएपछि महिलाहरू एकै ठाउँमा जम्मा भएर कथा सुन्ने सुनाउने प्रचलन छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक रहेको छ । जितिया पर्वको अवसरमा आज प्रदेश २ सरकारले सार्वजानिक बिदा दिएको छ । यसै अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

खुट्टी खोला सिँचाई न ...

लहान, साउन ७ । लहान नगरपालिका क्षेत्रका हजारौं किसानको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खुट्टी खोला स ...

मेयर महतो द्वारा ठटी ...

रहमुल लहान ७ साउन । सिराहाको धनगढीमाई न.पा.-१२ सरे खोलाको दक्षिण क्षेत्रमा निर्माण सम्पन्न भएको ...

नेपाल राष्ट्रिय दलित ...

रहमुल लहान ६ साउन ।  नेपाल राष्ट्रिय दलित जनकल्याण संघ (Nepal National Dalit Welfare Organizati ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१