Siraha Times
ताजा समाचार

जनकपुर : बिद्यार्थीद्वारा धर्ना जारी

  • असोज १२, २०७८
  • ११४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुर , १२ असोज । धनुषाको जनकपुर स्थित राजर्षी जनक विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । विगत लामो समय देखि कोरोनाले प्रभावित शिक्षा क्षेत्र भर्चुअल माध्यमबाट हुँदै आएको पठनपाठन अव उपरान्त भौतिक उपस्थितिमा कक्षा संचालन हुनुपर्ने माग गर्दै विद्यार्थीहरु शान्तिपूर्ण धर्नामा बसेका हुन् । प्रथम वर्ष प्रथम सेमेस्टरमा अध्यनरत बीबीए, बीसीए, बीएससी, सीएसआईटी, बीए, एसएलबी र प्रथम वर्ष दोस्रो सेमेस्टरमा अध्यनरत एमबीएका विद्यार्थीहरुले एक महिना देखि क्याम्पस प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउदा र .रा .ज. बि .केन्द्रीय बिधार्थी संघले पनि ४८ घण्टाको अल्टिमेटम दिदा पनि कुनै चासो नलिएकोले बाध्य भएर रा ज बि केन्द्रीय बिधार्थी संघ, तदर्थ समिति धर्ना बस्न बाध्य भएका छन ।

बिधार्थीको जाइ्ज माग सम्बोधन नभए पछि रा ज बि केन्द्रीय बिधार्थी संघ कडा मन्दा कडा कदम चाल्न बाध्य हुने छ र त्यसको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुने छ, रा ज बि केन्द्रीय बिधार्थी संघका महासचिव संतोषकुमार यादवले जनाउनु भयो । त्रिभुवन विश्वविद्यालयले असोज १ देखि र पुर्वाञ्चल विश्वविद्यालयले भादौ २७ देखि भौतिक कक्षा संचालन गर्दै आएको छ । तर राजर्षी जनक विश्वविद्यालयले पठनपाठन बन्द छ ।विद्यार्थीका अनुसार पधाधिकारी तथा कर्मचारीलाई सम्पर्क गर्दा जनकपुर भन्दा बाहिर रहेको र मोबाइल स्विट्च अफ गरिबसेका हुन् ।

देशको कर्मधार विद्यार्थीहरुको जिवन सङ्ग खेलवाड गर्नु उचित नरहेको र पधाधिकारीहरुले आफ्नो जिम्मेवारी बोध गराउन शान्तिपूर्ण आन्दोलन सुरु गरेको रा ज बि केन्द्रीय बिधार्थी संघ का महासचिव संतोष कुमार यादवले बताएका छन् । राजर्षी जनक विश्वविद्यालयका क्याम्पस प्रमुख, डिन, उपकुलपति समपर्क बिहिन भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१