गर्भवती नजमा यातना खेप्दै, प्रेमीपति रजाक गायब

  • असोज १२, २०७८
  • ५६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १२ असोज । सिरहाको सखुवानन्कारकट्टी ५ महेशवारीमा आज एक महिलालाई निर्घात कुटपिट गरेका छन् । आफ्ना प्रेमी पति रजाक मियाँलाई लुकाएर राखेको भन्दै पीडित नजमा खातुनले असोज १० गते लहान प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएपछि खातुनलाई कुटपिट गरेका छन् । पीडित खातुनलाई तुला मियाँ, महराजी मियाँ, केही महिलाले सडकमा घिसारेर निर्घात कुटपिट गरेका छन् । पीडित खातुनकी ४ महिनाको पेटमा बच्चा छन् । पीडित खातुनलाई बीच सडकमा चारैतीरबाट गाउँले हेरिरहे । महेशवारी प्रहरीले उद्धार नगरेपछि सिरहा र लहान प्रहरीको सहयोगमा उद्धार गरी लहान अस्पतालमा पीडित खातुनको उपचारमा ल्याएको छ । रजाक र नजमा खातुन प्रेमप्रेमिका पतिपत्नि हुन । सप्तरीको रुपनीमा बस्दै आएकी नजमालाई रजाकले प्रेममा पारेर करिब ६ महिनादेखि आफ्ना पत्नि बनाएकी छीन् । उता, रजाकसँगै बस्दै आएकी खातुनलाई पटक पटक रजाकका घरपरिवारले यातना दिँदै आएका छन् । खातुन पनि आफ्ना प्रेमीको गर्भ बोकेर उनकै घर महेशवारी बस्दै आएकी छीन् ।

प्रतिक्रिया दिनुहोस

जनता समाजवादी पार्टी ...

कपिलवस्तु, मंसिर २२।  जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका ...

जमियत उलेमा ए नेपालक ...

रहमुल, लहन २२ मंसिर । जमियत उलेमा ए नेपालको चौथो महाधिवेशन बोदे बर्साइन नगरपालिका–५, जॉजर बनौल ...

मन्त्री गुप्ता द्वार ...

रहमुल लहान , २१ मंसिर । Sowers Action Nepal तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सहयोगमा सिरहा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१