Siraha Times
ताजा समाचार

ईलाका प्रहरी कार्यालय गणेशपुरद्वारा सार्वजनिक सुनवाइ कार्यक्रम

  • असोज १०, २०७८
  • ७३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर कपिलवस्तु इलाका प्रहरी कार्यालय गणेशपुरको आयोजना मा आज विजयनगर गाउँपालिकाको सभा हलमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि गोपाल बहादुर थापाले राम्रो हाम्रो गाउँपालिका बनाउन सबैको महत्त्वपूर्ण भुमिका आवश्यक रहेकोे बताउनु भएको छ । ईमानदारीपुर्वक हामी सबैले न्याय,कानुनका कुराहरु हाम्रो व्यवहारमा लाने हो भने शान्ति पनि हुन्छ संगै विकास हुनुको साथै सामाजिक सद्भाव कायम हुन्छ थापाले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै समग्र कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा कार्यमा सधैं प्रहरी तैनाथ रहेकोेले जनता संग सहकार्य गरि आगाडि बढ्ने बताउनु भएको छ । सार्वजनिक सुनवाइ कार्यक्रम मा नागरिक बाट बढी कुरा थाहा हुने र सामुहिकमा कुरा राख्न आट आउने हुँदा काम गर्न प्रभावकारी रहेकोे बताउनु भयो । जिल्ला प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुन्छ भनी बताउनु भएको छ । राम्रो काम गर्नको लागि तिता मिठा जस्तो किसिमको प्रश्नले हाम्रो लागि काम गर्न स्वागतयोग्य रहेकोेले बताउदै सार्वजनिक सुनवाइमा उठेका सवाल, गुनासोलाई प्रष्ट पार्नु भएको थियो ।

शस्त्र जिल्ला प्रहरी उपरीक्षक धुर्ब बहादुर कार्कीले ईलाका प्रहरी कार्यालय गणेशपुरले गरेको सार्वजनिक सुनवाइ कार्यक्रम मुख्य उदेश्य नागरिकहरु बाट अहिलेसम्म प्रहरीले गरेको कामकाजको पृष्ठपोषण लिने शान्ति सुरक्षा अमनचयन गर्न भन्दै जन गुनासो तथा जिज्ञासा लाई प्रष्ट गर्दै अगामि दिनमा आएका सुझाव लाई छलफल गरि अगाडि बढने बताउनु भयो । ईलाका प्रहरी कार्यालय गणेशपुरको प्रमुख रण बहादुर बिश्टले कार्यक्रमलाई स्वागत गर्दै वर्ष भरि गरेको कार्य प्रगति लगाएत प्रस्तुत गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१