ताजा समाचार

गृहमन्त्री खाँडको आडमा अन्जु झा को आतंक, पत्रकार पटेल माथी हमला

  • असोज ९, २०७८
  • ६०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट ९ आश्विन । माण्डवी नामक संस्थाको कार्यकारी निर्देशक समेत रहेकी अन्जु झा रौतहटमा आतंक मचाएकी छन् । बाल कृष्ण खाड गृहमन्त्रि भए संगै आफु लाई गृहमन्त्रि निकट बताउदै झाले रौतहटका सक्रिय संचारकर्मी मो. मोजिबुलाको सवारी साधनमा प्रतिबन्धित लागु औषध राख्न लगाई काण्ड मचाएको कारण रौतहट बाट जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख सिददी बिक्रम शाह सहित अन्य दुई जना प्रहरी कर्मचारी कारवाहि भोगिरहेको अवस्था छ भने एक अन्य संचारकर्मी संजय सहनी फरार रहेका छन् । त्यस्तै अन्जु झाले रचेको लागु औषध काण्डका अन्य केहि संग्लन आरोपीहरु प्रहरी कै संरक्षणमा खुलेआम घुमी रहेको पिडितको आरोप रहेको छ । मोजिबुला काण्ड पछाडि अन्जु झाले शुक्रवार रौतहट जिल्लाका चर्चित पत्रकार तथा रिपोटर्स क्लब का प्रदेश कोषाध्यक्ष अभिमन्यु पटेल माथी आक्रमण गरी स्थानिय प्रशासन लाई खुल्ला चुनौति नै दिएकी हुन ।

आफु लाई गृहमन्त्रि बाल कृष्ण खाडको करिबी मित्र बताउदै प्रचार गर्दै हिडने अन्जु झा ले शुक्रवार साझ ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर १ स्थित रहेको नारायणी सैलुनमा कपाल कटाउदै गरेको अवस्थामा पत्रकार अभिमन्यु पटेल माथी आफ्नै नातागोताका गुण्डाहरुलाई प्रयोग गरी हमला गरेकी हुन् । सैलुनमा कपाल कटाउदै गरेको अवस्थामा झा संगै आएका वहाँका श्रीमान राजेश मिश्र, सुशिल झा, पुनम झा लगायतको समुहले पत्रकार पटेललाई निर्घात कुटपिट गर्नुको साथै अभद्र व्यहवार समेत गरेको प्रत्यक्षदर्शिहरुले बताएका छन् । रौतहटका संचारकर्मीहरु विरुद्ध पछिल्लो केहि समय देखि षडयन्त्र पुर्वक तथा सुनयोजित ढंगले माण्डवीको कार्यकारी निर्देशक अन्जु झाले द्धारा गरीएको क्रियाकलाप लाई अपराधिक कार्यको संज्ञा दिदै क्रियाशिल पत्रकार समुह रौतहटले एक विज्ञप्ति जारी गर्दै कारवाहिको माग गरेको छ । समुहका संयोजक प्रविण टिवडेवाल र सह संयोजक प्रविण पाण्डेको संयुक्त हस्ताक्षर रहेको सो विज्ञप्ति मार्फत घटनामा संग्लनलाई तत्काल पक्राउ गरी कारवाहि गर्न माग गरिएको हो । दोषीलाई कारवाहि गर्न स्थानिय प्रशासन चुके कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत चेतावनी दिईएको छ । त्यस्तै संचारकर्मी पटेल माथी शुक्रवार राति भएको सांघातिक आक्रमण मा संग्लनहरु लाई तत्काल पक्राउ गरी कडा कारवाहि गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤