Siraha Times
ताजा समाचार

हिमालय सुगर चिनी मिल्स थपसेवासुविधाका साथमा; कार्तिक खेतीप्रति आकर्षित बन्दै उखुँकिसानहरु

  • भदौ ३१, २०७८
  • ११८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।भदौ-३१गते। सिराहाको चन्द्रअयोध्यापुरमा अवस्थित हिमालय सुगर मिल्स उखुँ किसानहरुका लागि कार्तिक खेतीका लागि थप सुविधा दिइएको देखिन्छ । उखुँ किसानहरुलाई थप सेवासुविधा दिइएकोमा किसान कार्तिक खेती प्रति आक्रसित बन्दै गएको मिल्सका प्रबन्धक बताएका छन। बुधबार मिल्सका उखु प्रवन्धक अवधकिशोर यादवले भने हामी किसानलाई भरपुर सेवा सुविधा दिन लागिएको बताए । सिरहाबाट ६ हजार उखु किसान रहेकोमा प्रति वर्ष ५ लाख क्विन्टल उखु मिललाई दिइने गरेका छन। सप्तरीमा १०० जना किसान , धनुषाबाट ६ सय किसान रहेकोमा प्रतिवर्ष ६ लाख क्विन्टल बिक्रीवितरण गरिरहेको उखु प्रबन्धक अवधकिशोर यादवको भनाइ छ। अहिले सिरहामा २४ वटा उखुउपकेन्द्र , सप्तरीमा ४ , धनुषामा १० वटा उखुउपकेन्द्रहरु रहेसँगै उखुँ प्रशासन अधिकारिक केन्द्र सिरहामा-२ , सप्तरीमा १ , धनुषामा २ वटा रहेको प्रवन्धक यादवले जानकारी गराए।

Open Photo

मुलतः हिमालय सुगर चिनी मिल्सले कार्तिक खेतीका लागि अहिले नि:शुल्क सेवा पनि दिइरहेको प्रवन्धक यादव बताउँछन। जस्तै कार्तिक खेती सम्बन्धि हिमालय चिनी मिल्सले दिइरहेका सेवा तथा सुविधाहरु:-

- प्रति विगहा २ बोरा ( एस एस पी) मल नि:शुल्क , प्रति बिगहा उखुँ खेतीका लागि दिइनेछ ।

- वीउँ उपचार , औषधि नि:शुल्क ।

- वीउँ मुलतः नयाँ जातको उपलब्ध ।

- बैंक लोन (NMB)बाट सिफारिस १.५ प्रति विगहा ।

- कृषि उपकरण समयमा उपलब्ध ।गराइरहेको बताए ।

Open Photo

Open Photo

Open Photo

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१