वीरगंज भन्सार क्षेत्रमा घुमुवा असई थापाको आतंक

  • भदौ २८, २०७८
  • १०७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, २८ भाद्र / नेपालकै आर्थिक नगरी भनेर चिनिने र सबै भन्दा बढी राजस्व संकलन हुने ठाउँ भनिएको बिरगंज भन्सार क्षेत्रमा सशस्त्र प्रहरी घुमुवाले चान्दा आतन्क बढेपनि समबन्धित निकाय भनिएको सशस्त्र प्रहरी प्रमुख मौन रहेका छन । सीमा नाकामा सशस्त्र प्रहरीको तर्फबाट घुमुवा परिचालन हुनासाथ बिरगंज भन्सार क्षेत्रबाट व्यापक तस्करीको लाइन बढेको पाइन्छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले आफ्नो जिल्लामा कुनै किसिमको घुमुवा परिचालन नभएको ठोकुवा गरिरहेकै अवस्थामा भन्सार क्षेत्रमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापालाइ घुमुवामा खटाइएको छ । बोर्डर आउट पोस्ट बिरगंजका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमका बिश्वासिलो पात्रको रूपमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापा भएकै कारण भन्सार क्षेत्रमा खटाइएको बताइन्छ । भन्सार क्षेत्रमा सशस्त्र प्रहरी सहायक निरीक्षक थापा जानू कुनै नौलो कुरो नभएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार कुनैपनी हाकिम आउनसाथ बार्गेनिङ्गको कुरा मिलाउन सफल हुदा बिरगंज भन्सार क्षेत्रमै पटक पटक गरि चौथो पटक आउन सफल भएको बताए । आफ्नो हाकिमलाइ सोचे जस्तो रकमको लोभमा पारी भन्सारमा चौथो पटक पुगेको उनले बताए ।
 
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ए ...

रहमुल लहान कात्तिक २३ । “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस् ...

लहान २४ का १६५ जना म ...

ओम प्रकाश यादव लहान, कार्तिक २३ । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले स्वर्गीय श्रीमती सं ...

जनभावना बचत तथा ऋण स ...

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१