Siraha Times
ताजा समाचार

वीरगंज भन्सार क्षेत्रमा घुमुवा असई थापाको आतंक

  • भदौ २८, २०७८
  • १२३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, २८ भाद्र / नेपालकै आर्थिक नगरी भनेर चिनिने र सबै भन्दा बढी राजस्व संकलन हुने ठाउँ भनिएको बिरगंज भन्सार क्षेत्रमा सशस्त्र प्रहरी घुमुवाले चान्दा आतन्क बढेपनि समबन्धित निकाय भनिएको सशस्त्र प्रहरी प्रमुख मौन रहेका छन । सीमा नाकामा सशस्त्र प्रहरीको तर्फबाट घुमुवा परिचालन हुनासाथ बिरगंज भन्सार क्षेत्रबाट व्यापक तस्करीको लाइन बढेको पाइन्छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले आफ्नो जिल्लामा कुनै किसिमको घुमुवा परिचालन नभएको ठोकुवा गरिरहेकै अवस्थामा भन्सार क्षेत्रमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापालाइ घुमुवामा खटाइएको छ । बोर्डर आउट पोस्ट बिरगंजका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमका बिश्वासिलो पात्रको रूपमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापा भएकै कारण भन्सार क्षेत्रमा खटाइएको बताइन्छ । भन्सार क्षेत्रमा सशस्त्र प्रहरी सहायक निरीक्षक थापा जानू कुनै नौलो कुरो नभएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार कुनैपनी हाकिम आउनसाथ बार्गेनिङ्गको कुरा मिलाउन सफल हुदा बिरगंज भन्सार क्षेत्रमै पटक पटक गरि चौथो पटक आउन सफल भएको बताए । आफ्नो हाकिमलाइ सोचे जस्तो रकमको लोभमा पारी भन्सारमा चौथो पटक पुगेको उनले बताए ।
 
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१