ताजा समाचार

छुरा प्रहार गरि भागेका दुई युवक पक्राउ

  • भदौ २८, २०७८
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनौजी गाउँपालिका– ५ निवासी ३५ वर्षीय सराेज मण्डललाई छुरा प्रहार गरी फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौजी गाउँपालिका– ५ निवासी २० वर्षीय मनिष मण्डल र सोही वडाका २२ वर्षीय राजिव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकरी गराएका छन् । शनिवार राति धनौजी गाउँपालिका– ५ स्थित बहुअर्वामा राती नाच हेर्ने क्रममा आपसी विवाद हुँदा मण्डलमाथि छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट मण्डल पेटकाे भागमा गम्भीर चोट लागेको छ । उनको थप उपचार काठमाण्डौकाे ट्रमा सेन्टरमा उपचार भइरहेको घाइतेककाे आफन्त राजकुमार मण्डलले जानकरी गराएको छ । छुरा प्रहार पछि फरार उनीहरूलाई शनिबार राती पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤