ताजा समाचार

लहान अस्पतालमा लापरबाहीको सिमा नाङ्यो सरोकारवालाको उदासिनता सेवाग्राहीको आरोप

  • भदौ २७, २०७८
  • १५१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान सिरहा २७ भदौ । लहान ३ स्थित रहेको राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा स्वास्थ्य बिमा सम्बन्धि सम्पुर्ण सेवा उपलब्ध नभएको सेवाग्राहीहरुको आरोप छ । बिमा गराएका लहानका सलाम अन्सारी आफना छोरालाई जाँच गराउन जादा त्यस्ता सुविधा नपाएको गुनासो पोखे । डाक्टरले लेखेको औषधी पुरै नपाउनु र औषधी नपाउनुको कारण अस्पताल कर्मचारीलाई सोध्दा गैरजिम्मेवारी पुर्ण तरीकाबाट औषधी सकिएको हुन सक्छ भने जवाफ दिनु कतिको उचित हो भनेर आक्रोस पोखेका थिए ।

Open Photo

नेपाल सरकारद्धरा संचालन भएको स्वास्थ्य बिमा कार्यक्रमबाट सेवाग्राहीहरु असंतृष्ट भएका छन । स्वास्थ्य कर्मचारीहरुले घरघरमा गई स्वास्थ्य बिमा गर्ने गरीन्छ । यता स्वास्थ्य बिमा गराएकी अर्का सिरहा धनगढीमाई नगरपालिका १ बाखरकी प्रमिला कुमारी चौधरीको समस्या उस्तै रहेको बताईन। वहाले त झन रिर्पोट दिनमा पनि ढिला गरेको आरोप लगाईन।प्रविधिक तर्फको सबै कर्मचारी गफ चुटनमा व्यस्त देखिएको बताईन ।

Open Photo

अर्का सप्तरी जिल्ला भुसिमहौलियाका सुरेन्द्र प्रसाद चौधरीको गुनासो अर्कै खाले रहेको छ । वहाले भने सुत्केरी बिरामी लिएर आएको छु । यहाँ सुत्केरीको लागी कुनै पनि औषधी निशुल्क नपाईने रहेछ तर अर्को सरकारी अस्पतालमा सुत्केरीको लागी निशुल्क औषधि दिने गरेको बताए । यता अस्पताल समितिलाई भेटन जादा कुनै पनि पदाधिकारी अस्पतालमा नभएको दु:ख पत्रकार संग सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤