घर घरमा सुरक्षित सिकाई बतावरण बनाउन आमाहरुलाई क्षमता अभिवृद्धी तालिम

  • भदौ २६, २०७८
  • १०३० पटक पढिएको
  • रामएकवाल राम
alt

रोहित कुमार मण्डल भदौ २६ सप्तरी (कुशहा) । सप्तरीको सुरुङ्गा नगरपालिका स्थितका विभिन्न वडाहरुमा रहेका स्याहारकर्ता समुहका २ सय ३ जना आमाहरुलाई सुरक्षित सिकाई बतावरण निर्माणका लागि क्षमता विकास तालिम सम्पन भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजनामा सुरुङ्ग नगरपालिकाको वडा नम्वर ७ र ८ आयोजित घरमा सुरक्षित बतावरणका लागि स्याहारकर्ता, अभिभावक र समुदायलाई क्षमता विकास सम्बन्धी ३ दिने अभिमुखिकरण तालिम सम्पन भएका छन ।कोरोना माहामारीको समयमा हजारौ बालवालिकाहरुको शैक्षिक गतिविधीहरुमा गम्भिर प्रभाव परिरहेकोले खेलकुद र शैक्षिक सामग्रीहरु सहित घर घरमा मिनी पुस्तकालय स्थापना समेत गराएका छन । वालवालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरे लगतै उक्त सामग्रीहरु बालमैत्री बतावरणमा प्रयोग गर्न र गराउनक ालागि आमाहरुलाई क्षमता विकास तालिम दिईएको सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकृत हिरालाल रानाले जानकारी दिनुभयो ।

 

सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपाल सप्तरी द्वारा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत सबल नेपाल सप्तरीले शैक्षिक सामग्रीहरु सहयोग गरी उक्त सामग्रीहरु बालमैत्री बतावरणमा प्रयोग गर्न गराउन क्षमता विकास तालिम दिईएको परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनुभयो । विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथी र ५ बर्ष मुनीका बालवालिकाहरुलाई लक्षित गरी उनिहरुको घरघरमै मिनि पुस्तकालय स्थापना गरीएको छ र सुरक्षित रुपमा घरमै अध्ययन गर्नकालागि आमाहरुको भुमिका संजिवनी वुटी हुनेभएकोले उक्त तालिम संचालन गरेको जनाईएको छ ।

सबल नेपालका समुन्नति कार्यक्रमका परियोजना संयोजक नन्दकिशोर चौधरीका अनुसार, दुवै सुरुङ्गा नगरपालिका वडा नम्वर ७ र ८ का २सय ३ जना अभिभावक र स्याहारकर्ता आमाहरु संरक्षण र सिकाई संग सम्बन्धित बिषयमा अन्तरक्रृयात्मक सेसनमा प्रत्येक हप्ताको १ पटक अनिवार्य रुपमा भाग लिने गरेको र समय समयमा क्षमता विकास सम्बन्धी तालिम दिएर फराकिलो सोच भएका सक्षम बालवालिकाहरु निर्माण हुने बताउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

जनता समाजवादी पार्टी ...

कपिलवस्तु, मंसिर २२।  जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा अकरम पठान चयन भएका ...

जमियत उलेमा ए नेपालक ...

रहमुल, लहन २२ मंसिर । जमियत उलेमा ए नेपालको चौथो महाधिवेशन बोदे बर्साइन नगरपालिका–५, जॉजर बनौल ...

मन्त्री गुप्ता द्वार ...

रहमुल लहान , २१ मंसिर । Sowers Action Nepal तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सहयोगमा सिरहा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१