ताजा समाचार

कुशवाहा समाज मोरङले भब्यरूपमा मनायो कुश जयन्ती

  • भदौ २५, २०७८
  • १३३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ भदौ - नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति मोरङले बिराटनगरको महेन्द्र मोरङ क्याम्पसको सभा हलमा समाज सेबि राजदेब मेहताको प्रमुख आतिथ्य मा र समाज को जिल्ला अध्यक्ष श्री हरिनारायण मेहता को अध्यक्षता मा भब्य तरिका ले कुशवाहा को पुर्वज कुश को सम्झनामा कुश जयन्ती मनाईयो । कार्यक्रम मा सहभागी नेपाल कुशवाहा समाज को केन्द्रिय उपाध्यक्ष श्री जय प्रकाश महतो ले कुशवाहा हरु भगवान श्री राम को जेठो पुत्र कुश को सन्तान हो भन्ने विभिन्न प्रमाण हरु रहेको जिकिर गर्नु भयो ।

Open Photo

कुशवाहा राहत सङ्कलन तथा बितरण महा अभियान को केन्द्रिय सन्योजक श्री गुनानन्द महतो ले भन्नू भयो समाज का बिशिस्ट ब्याक्तित्व हरुको साथ र सहयोग ले गर्दा कोभिड जस्तो महा मारिमा पनि विभिन्न किसिम का स्वास्थ सामाग्री लगायत खाधन्य समाग्री बितरण बितरण गर्न सफल भयो समाज का केही अवसरवादी हरु को बिरोध को बाबजुद पनि महा अभियान का समाजिक अभियन्ता हरुले ईमान्दारिता को साथ संघर्ष गरिरहे आउने दिन हरुमा पनि महा अभियान अति बिपन्न तथा गरिब परिवार हरुको साथी बन्ने घोषणा गर्नु भयो र महा अभियान एउटा नाफा रहित संस्था हो समाज को सामानान्तर संस्था होईन यसको प्रमुख उधेश्य राहात सङकलन गरि गरिब गुरुवा लाई बितरण गर्नु हो त्यसैले महा अभियान प्रती आल्चना लगाउनु महा पाप हो र सबै समाजसेवी हरु ले सबै महा अभियन्ता हरु लाई सहयोग गरि उच्च मनोबल बनाई दिन सन्योजक श्री गुनानन्द महतो ले अपिल गर्नु भयो ।

Open Photo

कार्यक्रम को प्रमुख अतिथी राजदेब मेहता ले समाज लाई हरेक किसिम का सहयोग गर्ने प्रतिबद्धता सहित समाज लाई बेलबारी मा 10 धुर जग्गा दान गर्नु भयो उक्त कार्यक्रम मा नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति को जिल्ला सचीव श्री मंगल महतो ले जग्गा दाता प्रती आभार व्यक्त गर्दै सकै चाडै जिल्ला मा सहकार्य गरि भवन निर्माण गर्ने उदघोस गर्नु भयो ।

समाज को जिल्ला कोषाध्यक्ष लिला मेहता ले स्वागत मन्तव्य राखेका थियो त्यसतै जिल्ला उपाध्यक्ष शत्रुघन महतो सह सचिब श्री मन्जय सिङ्ग महानगर अध्यक्ष श्री सुरज महतो समाज को सहकारी अध्यक्ष बिरेन्द्र मेहता विद्यार्थी समाजका केन्द्रिय सचीव श्री श्यामदेब मेहता र कुसवाहा राहत सङ्कलन तथा बितरण महा अभियान को मोरङ जिल्ला सन्योजक श्री चन्दन मेहता महा अबियान को केन्द्रिय सदस्य हरु श्री नन्दकिशोर मेहता सल्लाहकार रेनु सिङ अभियन्ता बिनोद सिङ लगायत दर्जनौं महा अभियान का समाजिक अभियन्ता हरु र सयौं सङ्ख्या मा समाज का विभिन्न ठाउँ बाट कुशवाहा हरु कुश जयन्ती मनाउन उपस्थित भएको थियोे ।

अन्तिममा समाजका जिल्ला अध्यक्ष श्री हरिनारायण महतो ले कार्यक्रम समाप्त गर्दै रक्तदान गर्नु हुने सबै लाई धन्यवाद दिएका थिए र रक्तदाता लाई भित्ते गढी उपलब्ध गराउनु भएका बिराटनगर महानगर का समाजसेवी बिनोद सिङ लाई समेत धन्यवाद दिदै कार्यक्रम को समापन गर्नु भएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤