Siraha Times
ताजा समाचार

उल्लासका साथ प्रतियोगितात्मक तिज गीत र नृत्य सम्पन्न

  • भदौ २५, २०७८
  • १०७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, २४ भदौ ः हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज नेपाली हिन्दू महिलाहरुले आज राजविराजमा उल्लासका साथ मनाएका छन् । स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा तिज महोत्सव मूल समारोह समतिद्वारा यस बर्ष भव्यतापूर्वक प्रतियोगितात्मक तिज गीत तथा नृत्य कार्यक्रम सम्पन्न गरेको हो । तिज महोत्सव मूल समारोह समितिका संयोजक राजविराज जेसीजकी निवर्तमान अध्यक्ष एवम् पत्रकार पुनम पोखरेलको अध्यक्षतामा आयोजित प्रतियोगितात्मक गीत÷नृत्य प्रतियोगिता कार्यक्रममा उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो । राष्ट्रिय गीतबाट सुरु भएको प्रतियोगितात्मक खण्डमा मौलिक गीततर्फ थारु भाषामा गीत र नृत्य गर्नु हुने राजकुमारी चौधरी, बिमल चौधरी र राधा चौधरीको समूह प्रथम, नेपाली गीतमा गीत र नृत्य गर्नुहुने मञ्जु श्रेष्ठ, बिना उपाध्यक्ष र अनार श्रेष्ठको समूह द्वितिय तथा सरस्वती कार्की, रत्ना कार्की र सुमित्रा देवकोटाको समूह तृतिय हुनु भयो । यसैगरी अडियोतर्फ मैथिली गीतमा एकल नृत्य गर्नुभएकी रश्मी यादव र समूहतर्फ नेपाली गीतमा नृत्य गरेकी मान्सी पोखरेल, मेघना सिंह र प्रकृति थापाको समूहले उत्कृष्ठ स्थान हासिल गर्नुभयो ।...

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१