नेशनल माइक्रोफाइनान्सले दिए ऋणि सदस्यहरुलाई बिमा सुविधा

  • भदौ २४, २०७८
  • ९९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , २४ भदौ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिन्धी धनुषाद्वारा आयोजित कार्यक्रममा बिमा ऋणि सदस्यहरुलाई मृत्यु बिमाको सुविधा दिइएको जानकारी प्राप्त भएको छ। बुधबार आयोजित सो कार्यक्रममा बिमा सुविधा अन्तर्गत २ लाख २ हजार ८० रुपैयाँको चेक सम्बन्धित सदस्यहरुको श्रीमानलाई प्रदान गरिएको हो । यो सँगै कार्यक्रममा मोहत्तरीको पिप्रा गाउँपलिका वडा नम्बर ३ का वडा अध्यक्ष अरुण ठाकुर , वडा नम्बर ४ का वडासदस्य जागो देवी , समाजसेवी लक्ष्मी यादव , स्थानीय बुद्धिजीवी एवंम समुहको सदस्यहरु सहित जम्माजम्मी १०० को हाराहारीमा उपस्थिति रहेको संस्थाका शाखा प्रमुख पंकज यादवले बताए ।

आउने दिनमा पनि यो र यस्तै खालका सेवाहरु दिनेछ भने पछिल्लोपटक समेत विभिन्न किसिमका सहयोग र सेवा दिइएको सर्वविदित्तै देखिन्छ । यो संस्था सधै जनताका लागि इच्छा , चाहना र जीवन रक्षाका लागि कामकाज गरिदै आएको देखिन्छ ।संस्थाले हर सम्भव सदस्य दिदीहरुको आर्थिक तथा समाजिक बिकासमा सहयोग गरिरहने कुरा शाखा प्रमुख पंकज यादवले बताए।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१