ताजा समाचार

गुणस्तरीय शिक्षा सुधारका लागि लहानमा संवाद कार्यक्रम सम्पन्न

  • भदौ २३, २०७८
  • १२६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २३, भदौ । सिरहाको लहान नगरपालिकामा आज एक दिने गुणस्तरीय शिक्षाका लागि हाम्रो भुमिका विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा ‘‘ नि– शुल्क , गुणस्तरीय शिक्षा सम्भव छ’’ भन्ने मुल नारा सहित शिक्षासंग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुको सामुहिक सहभागितामा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानिय सरकारको अधिकार क्षेत्रभित्र पर्ने शिक्षा क्षेत्रमा भएको प्रगती र सुधार गर्नुपर्ने पक्षहरुको बारेमा सरोकारवाला निकायका जनप्रतिनिधि , शिक्षक र नागरिक समाजका अुवाहरुसंग ब्यापक रुपमा सामुहिक रुपले छलफल र अन्तरक्रिया गरिएको आयोजक शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र जिल्ला समन्वय समिति सिरहाले जनाएको छ । लहान नगरपालिकाको सहकार्यमा संचालित कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि बिधार्थी , अभिभावक र शिक्षक बिचको सुमधुर सम्बन्ध कायम गर्न स्थानिय सरकार र नागरिक समाजले गरिरहेको प्रयासहरुको बारेमा चर्चा भएको जनाईएको छ । बिधालयहरुको भौतिक निर्माण ब्यबस्थापन , सुचना प्रविधिको पहुँच , शिक्षा क्षेत्रका विकासका लागि छुट्याईएको स्थानित तहको बजेट , निति तथा कार्यक्रमहरुको कार्यान्वयनको अबस्थाको बारेमा सामुहिक रुपमा चर्चा भएको थियो । ( NCE Nepal ) का जिल्ला अध्यक्ष उमेश कुमार बिसुन्केको अध्यक्षतामा संचालित कार्यक्रममा लहान नरपालिकाका उप – प्रमुख सरियार कुमारी चौधरी , शिक्षा समितिका संयोजक राजकुमार साह , प्रधानाध्यापक एवम् शिक्षा विज्ञ उधब हमाल लगायत नगरपलिकाका शिक्षा संग सम्बन्धित कर्मचारीहरु , प्रधानाध्यापक, शिक्षक , पत्रकार लगायतको सहभागितामा कार्यक्रम भएको आयोजकले जनाएको छ । कार्यक्रमको उदघोषक ईन्सेकका सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤