ताजा समाचार

कृष्णनगरमा होटल तथा रेस्टोरेंट व्यवसायी संघ द्वारा तिज विशेष कार्यक्रम सम्पन्न

  • भदौ २१, २०७८
  • ११०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, भाद्र २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा महिलाहरूको आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको उद्योग वाणिज्य संघको हालमा शुकामना आदान प्रदान तथा नाचगान र दर खाने कार्यक्रम सम्पन्न भएको छ l होटल तथा रेस्टोरेंट व्यवसायी संघ कपिलवस्तु, कृष्णनगरको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ। शिव प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह, अतिथि हरूमा इंडो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगर का अध्यक्ष राम कुमार कौलापुरी, वडा अध्यक्ष संजय गुप्ता, रविंद्र गुप्ता रहनु भयो। कार्यक्रमको शुभारंभ राष्ट्रीय गान द्वारा गर्दै अतिथि हरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सभ्यता र संस्कृति बचाउन नारीहरुको बिशेष योगदान रहेको बताउदै आफूबाट हुने सक्ने सहयोग सधै गर्ने बताउनुभयो l

कार्यक्रममा बोल्दै अकरम पठानले हरी तालिका तिजको शुभकामना दिदै सबै नारीहरु प्रति उच्च सम्मान रहेको बताउदै आफूबाट हुन सक्ने सहयोग सधै गर्ने बताउनुभयोl कार्यक्रममा प्रमुख अतिथि लगायत अन्यले आउदै गरेको हरीतालिका तिजको शुभकामना ब्यक्त गरेका थिए। नेपालमा हरितालिका तीज धूमधामका साथ मनाइन्छ। विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन्।कार्यक्रममा स्वागत मन्तव्य भुमा घिमिरे ले गर्नु भयो l सागरमाथा टुर एण्ड ट्राभल्स, लुम्बिनी हिमालय ट्रभल्स, अपसन लुम्बिनी ट्रभल्स, न्यू सुपादेउराली मां टुर एण्ड ट्राभल्स, अचार्य टुर एण्ड ट्राभल्स, दुर्गेश्वरी टुर एण्ड ट्राभल्स, सोनी टुर एण्ड ट्राभल्स, राज डिजे को कार्यक्रममा सहयोग रहेको थियो l उक्त कार्यक्रममा महिला को अधिकांश उपस्थित रहदै,समाजसेवी, पत्रकार, स्थानीय, सुरक्षाकर्मी लगायतको उपस्थित रह्यो। कार्यक्रमको संचालन लालमणि भूषाल ले गरेका थिए। लक्ष्मण भुषाल,पुरषोत्तम घिमिरे, कमल जिसी, टोप बहादुर विसी, हिरामणी घिमिरे, अनन्त घिमिरे लगायत अन्यको कार्यक्रम लाई सफल बनाउन बिशेष योगदान रहेको थियो l

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤