Siraha Times
ताजा समाचार

लहान अस्पतालमा कार्यरत नर्सिङ स्टापहरुद्धारा दरखाने कार्यक्रम सम्पन्न

  • भदौ २१, २०७८
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ भदौ - लहान अस्पतालमा कार्यरत नर्सिङ स्टापहरुद्धारा दरखाने कार्यक्रम सम्पन्न भएको छ। हरितालीका तिज आउनु भन्दा अगाबै राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा कार्यरत रहनु भएका नर्सिङ स्टापहरुद्धारा भविय रुपमा कार्यक्रम सम्पन्न भएको छ । दर खाने कार्यक्रमको प्रमुख अतिथिमा एमनेसटी ईनटर नेसनल सिरहाका संयोजक तथा महिला अधिकारकर्मि रिता महतो रहनु भएको थियो भने विशिष्ट अतिथिमा जसपाका युवा नेता राम चलितर महतो,लहान अस्पतालका डा.कुसुम यादव, डा.अंसु यादव नर्सिङ वार्डका इन्चार्ज मधु पासमान, राम प्यारी,सखुवानान्कारकट्री गाउँपालिका वडा २ सोठीयाईनका नेपाल माओवादी केन्द्रका अध्यक्ष राम परिक्षण महतो समाज सेबि ब्रहम देब महतो,नेपाल पोस्ट दैनिक महेश सिंह लगायतका ब्यक्तीहरुले सुभकामना मनतब्य राखेका थिए। लहान अस्पतालमा कार्यरत नर्स बिमला थापाको नेतृत्वमा अस्पतालका सम्पुर्ण नर्सिङहरुलाई दरखाने कार्यक्रममा सहभागी गराएका थिए। उक्त कार्यक्रममा दरखाएर सांस्कृतिक कार्यक्रमहरु समेत भबियरुपमा मनाएका थिए।

Open Photo

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।

Open Photo

प्रतिक्रिया दिनुहोस

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१