ताजा समाचार

हुलाकी राजमार्गमा समयमा पुला नबन्दा बाँसको लच्का बनाएर लाखौं कमाई

  • भदौ २१, २०७८
  • १७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार , रेडियो सौगात लहान /२१ भदौ। सिराहाको दक्षिणी सिमावर्ती हुलाकी राजमार्ग बरियारपट्टी र औरहीको बिचमा पर्ने गागन खोलामा विगत ३ महिना देखि हरि कामतले ९५ हजारको लगानीमा बाँसको झुलुङ्गे लच्का पुल बनाएर मगन्य कमाइ रहेका छन। यात्रीहरुलाई आवतजावत सहज बनाउनका निम्ति उक्त झुलुङ्गे गरिएको देखिन्छ । बाँसको लच्का पुलका प्रति मोटरसाइकल ५० , साइकल २० रुपैयाँ लिने गरिन्छ । फर्किदा ३०/१० रुपैयाँको दरले लिने गरेको कामतको भनाइ हो । झुलुङ्गे पुर्वपट्टी रणु देव सिँह र पश्चिमपट्टी उमा महतोको जग्गा धनीहरुलाई प्रति महिना ५/५ हजारको दरले भाडा दिइएको कामतको भनाइ छ। उक्त बाँसको पुलबाट दिनहुँ १० हजार कमाई रहेको खुलासा भएको हो । गागन खोलामा असार , श्रावण , भदौ महिनासम्म खोलामा पुर्णरुपले पानी चल्ने भएको हुनाले उक्त बाँसको पुल ३ महिनासम्म पुल राख्ने कामतले बताए ।

a 3

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤