Siraha Times
ताजा समाचार

कपिलवस्तुकोमा जसापा साँस्कृतिक महासंघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

  • भदौ १७, २०७८
  • ८७२ पटक पढिएको
  • रामएकवाल राम
alt

नन्द किशोर कुर्मी (लालू चौधरी) विजयनगर कपिलवस्तु -  कपिलवस्तुको शिवराज न.पा.५ चन्द्रौटामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै लुम्बिनी प्रदेश का मुखमन्त्री श्री कुल बहादुर केसीले तिलौराकोट जस्ता धर्मिक तथा पर्यटकिय स्थलहरु कपिलवस्तुमै रहेकोले यहाको बिकाशको लागि सरकारले भौतिक तथा पुर्बधार मन्त्रालय कपिलवस्तुलाई दिएको बताउनुभयो !

संविधान तथा लोकतन्त्रको रक्षा गर्न सबैको दायित्व हो ! यो भन्दा अगाडिको सरकारले तीन बर्षमा नसकेको काम यो सरकारले छ महिना मा गर्ने प्रतिबद्दता यस्तै गरि विभिन्न कुराको बारेमा जानकारी दिनु भयो ! लुम्बिनी प्रदेशको भौतिक तथा पुर्बधार मन्त्री माननीय श्री सहसराम यादवले जिल्लामा कतिपय योजनाहरु अलपत्र रहेकोले ती योजनालाई यसै बर्ष पुरा गर्ने लक्ष्य सहित योजना अधि बढाउछु भने मन्त्रीले बताउनु भयो !

यस कार्यक्रममा बिना बिभगिय मन्त्री पुरमती ढेगा मगर ,सुस्मा शर्मा रायमाझीले लगायतले सम्बोधन गर्नुभएको थियो! बिजयनगर गाउँपालिका का जुझारु कर्मठ नेता जसापा कपिलवस्तु जिल्लाका जिल्ला उपाध्यक्ष श्री राम नेवाश पुरीले बिजयनगर गाउँपालिकाको विभिन्न क्षेत्रको बिकाशको लागि योजनाको माग गरिएको थियो !

जसापाको नेता कृष्णकुमार चौधरी,लुम्बिनी प्रदेशको प्रदेश अध्यक्ष अशोक यादव र प्रदेश प्रबक्ता अकरम पठान लगायतले आफ्नो स्वागत मन्तव्य रख्नु भएको थियो ! यस कार्यक्रममा सलेन्द्र यादव ,बजरंगि चौधरी सहित सयांै नेता र कर्याकर्ताको उपस्थिति र जसापाका युवा नेता रहिस शाहको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको हो !

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१