पकहामैनपुर गापा मा अपाङ्ग कार्ड घर घरमा पुगी बितरण

  • भदौ १५, २०७८
  • १०९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १५ भाद्र। पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाले आज वडा नम्बर १ को धोरेमा अपांग कार्ड वितरण शुरु गरेको छ। पकहामैनपुर गाउँपालिकाका प्रमुख बिजय चौरासीयाको नेतृत्वमा सो वडामा आफैं घरमा पुगेर कार्ड वितरण गर्नु भएको हो। उहाँले आफ्नो पालिका भित्र रहेका अपांगहरु पालिका सम्म आउन नसक्ने भएकोले घर दैलोमा पुगेर उक्त कार्ड वितरण गरेको प्रमुख चौरासीयाले बताएका छन। वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म रहेको सो वडामा रातो,निलो र सेतो गरि ४ प्रक्रियाका कार्डहरु वितरण गरिएको छ।रातो कार्ड पाएका ब्यक्तिले रु ४ हजार पाउने गरेको छ भने निलो कार्ड पाएका ब्यक्तिले रु २ हजार पाउने गरेको प्रमुख चौरासीयाले बताएका छन्।उहाँले आफ्नो पालिका भित्र पुर्णअपाङ्गता भएका ब्यक्तिहरु सबैभन्दा धेरै रहेको बताए।वडा नम्बर १ मा १२ जना वडा नम्बर २ मा ६ जना वडा नम्बर ३ मा १४ जना वडा नम्बर ४ मा २० वडा नम्बर ५ मा १७ जना गरि ५ वडा गरि ६९ जनालाई अपांगता कार्ड वितरण गरिएको छ। अहिलेसम्म आफुले पालिका भित्र स्वास्थ्य,शिक्षा,भौतिक पुर्वधार,जेष्ठ नागरिक,एकल महिला,सहिद परिवार,दलित,पिछडा वर्ग र अति विपन्न परिवारलाई समेत पालिकाले सहयोग गदै आइरहेका विपक्षीहरु अहिले आतिन थालेको प्रमुख चौरासीयाले बताए।२० वर्षमा नभएको विकास आफुले ४ वर्षमा गरेर देखाएको बताउँदै अब बाकी रहेका केही विकास निर्माण कार्य शुरु भइरहेको बताए ।घर दैलो कार्यक्रममा उपप्रमुख कुसुमी देवी,प्रशासकीय अधिकृत रमेश सुवेदी महिला विकासका सुनिता देवी,बृजकिशोर बर्णवाल नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का पुर्व सदस्य जगत राई,मिरमिरे अनलाइन र नाइस टेलिभिजनका प्रमुख दिपक चौरासीया,प्रमोद सहनी ,सुरेन्द्र पडित,अम्बिका महत एवम् स्थानीयको बासिन्दाहरुको उपस्थित रहेको ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१