ताजा समाचार

दुरसँचार प्राधिकरणबाट महोत्तरीका राय सम्मानित

  • भदौ ११, २०७८
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी ११ भदौ। नेपाल दुरसँचार प्राधिकरणले महोत्तरीका एक युवक सम्मानित भएका छन् । महोत्तरीका युवक राजेश कुमार रायले एनसेलको एपमा देखिएको समस्यालाई प्राधीकरणलाई समयमै जानकारी गराएको भन्दै उनलाई प्रशँसा पत्र प्रदान गरिएको छ । दुरसँचार प्राधीकरणले रायलाई एक पत्र लेख्दै चलानी नम्बर ७८६ को अनुसार एनसेल एपको एकाउण्ड फिचरसँग कमी कमजोरीको बारेमा प्राधीकरणलाई इमेल मार्फत गुनासो गरेको भन्दै प्रशँसा पत्र दिएको हो । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पटौली बस्ने राजेश कुमार रायले गत २७ जुलाईमा एनसेलको एपमा भएको कमजोरीको बारेमा गुनासो गरेका थिए । एपमा देखिएको गोपनीयताको विषयको कमी कमजोरीको बारेमा पत्ता लगाएर उनले प्राधीकरणलाई जानकारी गराएको थियो ।

सोही गुनासोको आधारमा प्राधीकरणलाई सहयोग गरी योग्दान पुरयाएको भन्दै रायलाई प्रशँसा पत्र प्रदान गरिएको नेपाल दुरसँचार प्राधीकरणका उपनिर्देशक रोजा किरण वासुकलाले जानकारी दिइन् । केही दिन अगाडी मात्रै नेपाल टेलिकम मा अरु को ब्यालेन्स र डाटा जो कसै ले जो कसै को हेर्न सकिने कमजोरी पत्ता लगाइ नेपाली टेलिकम लाई सचेत गराएको थियो। र टेलिकम ले तुरुन्तै आफ्नो कमजोरी सुधार गरेको पनि थियो। आईटी क्षेत्रमा कार्यरत रायले अन्य विभिन्न निकायको कमी कमजोरीलाई प्राधीकरणसम्म पुरयाउने कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤