Siraha Times
ताजा समाचार

पर्साको ग्रामिण भेग जानकीटोला बाट ब्यापक तस्करी

  • भदौ ११, २०७८
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, ११ भदौ / पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने जानकी टोला नाका हुँदै व्यापक रूपमा तस्करी बढेको पाइएको छ । स्थानीय प्रहरी चौकी जानकी टोलाको संरक्षणमा उक्त नाका हुँदै व्यापक रूपमा तस्करी कार्य बढेको हो । स्थानीय प्रहरी चौकी जानकी टोलाका प्रमुख प्रहरी नायब निरीक्षक कुल बहादुर कुवरको संरक्षणमा नाका हुँदै व्यापक रूपमा तस्करी बढेको पाइन्छ । बिगतकालदेखि नै आर्थिक प्रलोभनमा परि नाम गनाइसकेका प्रहरी नायब निरीक्षक कुवरको जानकिटोला प्रहरी चौकीमा आग्मन हुनसाथ तस्करी कार्य बढेको स्थानीयको आरोप रहेको छ । स्थानीयले जनाए अनुसार उक्त नाकाबाट चल्ला, हार्डवेयर, कपडाको अबैध तरिकाले आयात हुने गरेपनी स्थानीय प्रहरी चौकी मासिक नजरानामा लिप्त रहेको बताएका छन ।

एक जना प्रहरी श्रोतका अनुसार माथिल्लो निकायमा राम्रो पहुच भएकै कारण प्रहरी चौकीको कमान्डरको रूपमा आग्मन हुन सक्ने बताए । उनले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा प्रहरी नायब निरीक्षक कुल बहादुर कुवर आएको १ हप्ता नबितिदै चल्लाको लाइन सुचारू भएको र त्यसपछी हार्डवेयर, कपडा लगायतको कार्य सुचारू भएको बताए । आफ्नो पहुच राम्रै भएको कारण जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको आदेशको समेत धज्जी उडाउदै आफ्नो कमाइ खाने भाडो बनाएको, उनले बताए । यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले आफ्नो कार्य क्षेत्र भित्र पर्ने सबै नाकामा व्यापक कडाइ गर्न निर्देशन दिनपनि उहाको आदेशलाइ धज्जी उडाउदै जानकी टोला नाकाबाट तस्करीको लाइन दिएको छ । तसर्थ : यस बिषयमा प्रहरी उपरीक्षक पान्डे लगायत माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१