Siraha Times
ताजा समाचार

गाउँको राजनीति कर्ता नै सार्वजनिक वन फडानी गरी घर टहरा बनाईयो

  • भदौ १०, २०७८
  • ७०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान ११ भदौ - सिरहाको धनगढीमाई नगरपालीका १२ अहाले सिमलटाेकी भनेठाँउमा सार्बजनिक बाटोको लागि जेसिबीले माटाे सम्याउन लाग्दा स्थानीय राजनिती कर्ता बिजय महतोले स्थानीय मिश्रिलाल महतो माथी सार्वजनिक वन फडानी गरेको झुठो आरोप लगाई श्रावण ३१ गते डिभिजन वन कार्यालय लहान र सब डिभिजन वन कार्यालय धनगढीमा मुद्दा दर्ता गराएका छन्। पीडित मिश्रिलाल महतो गाउँलेका अनुसार पुर्ण रुपले सुकुम्बासी रहेको र गाउँकै स्कुलमा कार्यालय सहयोगीको काम गर्दै आफनो जिबन बेतित गरेका कुरा समाजमा जगजाहेर रेहेका छन् । आरोपी महतो आफनो निजि जग्गा जमिन नहुँदा धनगढीमाई नगरपालिका १२अहाले भन्ने ठाँउमा करिब ४५ बर्ष अगाडि देखी सार्वजनिक खोलाको करिब १० कठा एलानी जग्गामा खनजोत गरी जिबीको पार्जन गर्ने गरेका स्थानीयको भनाई छन्।

उक्त सार्वजनिक जग्गामा जान आउन अप्ठ्यारो भएकोले बाटोको लागि जेसिबीले माटाे सम्याउन लाग्दा स्थानीय राजनीति कार्यकर्ता बिजय महतो, राज नारायण महतो,रमा साह ,श्याम कुमारी महतोले पुर्वाग्राही भएर सुकुम्बासी महतो माथी चरीत्र हत्या गर्न मुद्दा दर्ता गराएका छन्। पीडित महतो माथी मुद्दा दर्ता गराउने गाउँका स्थानीय आफु लाई ठुलो नेता भनाउने बिजय महतो लगायतका ब्यक्तीहरुले आफनो निजि जग्गा जमिन हुँदा पनि सार्वजनिक वन फडानी गरी सार्बजनिक जग्गामा घर ,टहरा समेत बनाएर उपभोग गर्दै आएका छन् । गाउँका बिजय महतो समाज सेवामा लागेका ब्यक्ती र कुनै पार्टीको झणडा बोकेका महतोले झन गरीब असहाई र भुमिहीन सुखुम्बासी जस्ता निमुखा जनतालाई सहयोग गर्ने ठाँउमा उल्टै लालछ्ना लगाई कसैको चरीत्र हत्या गर्ने मन्साई कतिको जाईज रहेको हो।

पीडित महतोका अनुसार अरुको उन्ती प्रगति नहेर्ने राजनीति दलका प्रतिनिधिले आफु माथी राजनीति श्रयन्त्र र योजना बध तरीकाले आफु माथी राजनीति प्रहार नै गरेको दुखेसो पत्रकारलाई गुहार मागदै आफु माथी लागाएको झुठो आरोप सफाईको लागी पत्रकारलाई सुनाएका थिए। नेता महतो समाजमा पहिला देखिनै बदनाम भएको ब्यक्ती हो स्थानीयको आरोप छ्।समाजमा पक्षपातको राजनीति समेत गर्दै समाजमा एक अर्कामा समाजीक मेल मिलापमा खल्ल र बाधा दिने गरेका छन्।

कुनै पनि राजनीति पार्टीले सभिय र समाजलाई सेवा गर्ने बौद्धिक ब्यक्तीलाई पार्टीले महत्त्व र समान गर्ने गरेका राजनीति पार्टीको बिधान मै उल्लेख गरेका छन्।उक्त बिजय महतो जस्तो फोहरी राजनीति कार्यकर्ताले समाजको लागी घातक नै रहेको पीडित महतोले पत्रकारलाई बताएका छन्।आरोपी पीडित महतोका अनुसार आफु माथी लगाएको मुद्दा उठाउन र समाजमा मेलमिलाप गर्न आग्रह गरेका छन् । आरोपी महतो पनि पछीबाट डिभिजन वन कार्यालयमा सफाईका लागी निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१