बहिनीले भाईको जीवन रक्षाको कामना गर्दै;आज रक्षाबन्धन पर्व मनाइदै

  • भदौ ६, २०७८
  • ११७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदारसिरहा|भदौ-६ गते। हिन्दु दर्शन अनुसार जनैलाई ब्रह्मासुत्र अर्थात ज्ञानको धागो भनिन्छ । सुख , शान्ति , दीर्धायु तथा उत्तोरोतर प्रगतिको कामना गर्दै घर घरमा आज जनै पुर्णिामा अर्थात रक्षा बन्धन पर्व धुमधामका साथ मनाउँदै छ। दिदीबहिनीले मिठा मिठा प्रकार बनाई खुवाउँदै र जनै पुर्णिामा मनाउँदै छ। अहिले शहर बजारहरुमा (राखि) फुलगुल सेट सहित विभिन्न प्रकारको डोरा पाईन्छ । मुलतः यस पर्वमा दाजुभाइले साल भर कमाएका पैसा रुपैयाँहरु डोरा बाँधेपछि दिदीबहिनीलाई दिने चलन रहेको छ। मिथिलाञ्चलमा यसको छुट्टै महत्त्व रहि आएको छ। जनैका दुई शिखामध्ये एउटा रहेको तीन डोरालाई ब्रह्मा , विष्णु , महेश तथा अर्को शिखाको डोरीलाई कर्म , उपासना , ज्ञानका तीन योग मानिन्छ । जनै शब्दको अर्थ जनाउनु , जानकारी दिनु हो। जनैपूणिर्माका दिन मन्दिर , खोला , पोखरी , पानीको मुल आदि स्थानमा ब्रह्मणद्वारा मन्त्तोचारण गरी जनै फेर्ने वा रक्षाबन्धन बाँध्ने गरिन्छ ।

Open Photo

रातो , पहेँलो रङ्गको डोरा बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपुजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ। धार्मिक मान्यता अनुसार यसरी विधिपुर्वक डोरा बाँधेपछि रोग व्याधि नलाग्ने , सुख ,शान्ति मिल्ने हुन्छ । धार्मिक कथन अनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार भगवान विष्णुले राजा बलिलाई डोरो बाँधि बचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्ती सँग पनि रक्षा बन्धनको सम्बन्ध छ। पौराणिक कथा अनुरुप देवराज ईन्द्र र दैत्यराज वृत्तसुरबीच १२ वर्षसम्म भयानक युद्ध चलिएको थियोे। उक्त युद्ध असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए। पराजित देवगण धर्म एवंम संस्कारविहीन भएर जीवनयापन गर्न थाले। यता ईन्द्रले उनीहरूसँग पुन: अन्तिम युद्ध गर्ने संकल्प गरे। त्यो दिन श्रावण शुक्ल चर्तुदर्शीको दिन थियोे । देवगुरु बृहस्पतिले अघिल्लो दिने ईन्द्रको कल्याण एवंम विजयको कामना गरी श्रावणमासको पुर्णिामाको शुभ मुहुर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए।

Open Photo

यसलाई आधुनिक समयमा आफ्नै दनवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो,रक्षाबन्धन । अर्थात हामी पथभ्रष्ट भएर गएका छौँ । कुविचार,कुसंस्कार,कुदृष्टिले हामीलाई दानव बनाएको छ। तामासिक खानपिन , रहनसहनले हामी आफैंलाई नष्ट गर्दैछ। यसरी आफ्नै खास प्रवृत्तिमाथि नियन्त्रण राख्नकन लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षा बन्धन बाँधिने चलन चलिआएको हो । रक्षा बन्धन बाँधेपछि मन , वचन र कर्मलाई पनि पवित्र बनाउनु पर्छ।यो एउटा आत्मअनुसासनको विधि हो । सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बाँधिने एउटा अवसर हो यो । रक्षाबन्धन यस्तो साँकेतिक बन्धन हो , जसले हामीलाई कुकर्म , कुविचार , नराम्रो चिन्तन , नराम्रो खानेपानी गर्नबाट नियन्त्रण गर्छौ । यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ। हरेकजसो पर्वहरुलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गर्छौ रक्षाबन्धन पनि मर्यादा र आत्मनिग्राहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ । रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ , पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

औरही गाउँपालिकाको १३ ...

लहान, ११ असार । सिरहाको औरही गाउँपालिका १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। प्रमुख अतिथि लोक सेवा ...

औरही गा.पा.मा प्रशास ...

ओम प्रकाश यादव लहान असार ११ । सिरहा जिल्लाको दक्षिणी सीमासंगै जोडिएका औरही गाउँपालिकामा आज विशेष कार ...

भगवानपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव, लहान, असार ११ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१