ताजा समाचार

नेपाल बिद्यूत प्राधिकरणकाे ३६औं वार्षिकोत्सबमा केन्द्र प्रमख सम्मानित

  • भदौ २, २०७८
  • १२१७ पटक पढिएको
  • रामएकवाल राम
alt

कपिलवस्तु : नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्र पनि ३६औं वार्षिकोत्सव हिजाे भाद्र १ गते का दिन मनाएको छ।

कृष्णनगर वितरण केन्द्रको भवनलाई इलेक्ट्रॉनिक रंग-बिरंगी बत्तीले सजाई परिसर भित्र वितरण केन्द्रका प्रमुख कमर आलम खां, इन्जिनियर रिजन ग्वाछा ,सहायक लेखा अधिकृत भरत राज घिमिरे लेखापाल सुरेन्द्र प्रसाद पाण्डेय लगायत कर्मचारीहरुले दीप प्रज्जवलन गरी एक अर्कालाई मिठाई खुवाउदै खुशयालीका साथ ३६औं वार्षिकोत्सव मनाएका छन्।

उक्त खुशीको अवसरमा सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुको मनोबल बढाउनको लागि राष्ट्रीय मदरसा संघ नेपालका टोलीले ३६औं वार्षिकोत्सवक कार्यक्रममा सहभागी भइ उक्त वितरण केन्द्रका प्रमुख, इन्जिनीयर, सहायक लेखा अधिकृत लाई दोसल्ला ओढ़ाई सम्मानित समेत गरी संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले कृष्णनगर वितरण केन्द्रका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरुको कार्यकाे प्रसंसा गर्दै ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

त्यसै क्रममा संघका महासचिव मौलाना मशहुद खां नेपालीले उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै भने कि १९३८सालमा प्रधानमंत्री चन्द्र शमशेर राणाले विद्युत उत्पादन गर्नाको लागि काठमान्डौ शहर भन्दा बाहिरा फापिंङ गाउमा दक्षिण एशियाको पहिलो तथा एशियाको दोस्रो जल विद्युत उत्पादन गरेका थिए जसलाई विजुली अड्डाको नामले चिनिन्थ्याे ।

२०४२ साल भाद्र १ गतेका दिन नेपाल विद्युत कार्पोरेशनको नाम परिवर्तन गरि नेपाल विद्युत प्राधिकरण राखेका थिए र त्यो अवसरको ३६औं वार्षिकोत्सवको रुपमाआज हामी मनाई रहेका छाैं।महासचिव नेपालीले बोल्नक्रममा नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिंगको पछिल्लो कार्यसम्पनको प्रसंसा गर्दै धार्मिक स्थल तथा कृषिको विद्युत शुल्कमा सरकारले दिएको छुट जस्तै समुदायिक मदरसा तथा समुदायिक विद्यालयहरुलाई पनि विशेष छुटको व्यबस्था गर्नुपर्ने र हाल सरकारले आफ्नो मंत्री परिषदबाट ल्याउदै गरेको प्रस्ताव गरीब परिवारको लागि २०युनिट सम्मा छुटको प्रशंसा गर्दै ति छुटमा धार्मिक स्थललाई पनि समावेश गर्नाको लागि मांग गरे। ३६औं वार्षिकोत्सव मनाउने क्रममा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहीर अहमद बरेलवी,समीम अख्तर,मोहम्मद मुस्लिम, नियाज़ अहमद,असरफ खान,सैफ खान, कृष्णानगर वितरण केन्द्रका प्रशासन प्रमुख विष्णु प्रसाद पाण्डेय,आयप्रमुख लालिराम चौधरी,मन्जु सोनार,मन्जु घिमिरे,कमला बेल्बासे,अनिता खनाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤