उदयपुरमा चट्याङले बाख्रा सखाप

  • साउन ३१, २०७८
  • ६८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उदयपुर । वर्षासँगै परेको चट्याङ लागेर उदयपुरमा ७ वटा बाख्रा मरेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ शिद्धिपुरस्थित सीमा टोलका स्थानीय कृषक नरेन्द्र राईका बाख्राहरु चट्याङ लागेर मरेका हुन् ।जङ्गलमा चररिहेको अवस्थामा एक्कासी चट्याङ परेको कृषक राईले बताए । उनका अनुसार जङगल चराउन लगेको १९ वटा खसी र बाख्रामध्ये ७ वटा बियाउने माउ बाख्राहरु चट्याङबाट मरेका हुन् । मरेका बाख्राहरुबाट पीडति राईलाई झण्डै १ लाख बराबर क्षति भएको बताए । सम्बन्धित निकायबाट पाउने राहत र क्षतिपूर्तिका लागि मुचुल्का प्रमाणति गराउन इलाका प्रहरी कार्यालयमा समेत राईले निबेदन दिएका छन् । सो क्षेत्रमा वर्षेनी चट्याङबाट सर्वसाधरणले बिभिन्न खाले क्षति बेहोर्दै आएको स्थानीय सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन ओझाले जानकारी दएि ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१