ताजा समाचार

चरीत्र हत्या गर्न आदालतमा मुद्दा दिएको आरोप

  • साउन ३०, २०७८
  • १६८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३० , साउन । सिरहाको लहान नगरपालिका वडा नम्बर - २२ मा रहेको सलहेश फुलवारीलाई जोड्ने नयाँ कृषि सडक अहिले बिबादास्पद बनेको छ । सोही ठेगाना स्थायी बसोबास गर्ने रामबृक्ष साहलाई प्रतिवादी बनाई ( नव निर्मित नयाँ बाटोमा ) जग्गा पर्ने तीन जना जग्गा धनिले मिति २०७७ चैत्र २७ गते सिरहा जिल्ला आदालतमा मुद्दा दिएको छ । उनीहरुले अतिक्रम गरी बनाएको कच्ची सडक बाटो खुलाई समेतको बिषयमा मुद्दा दिएको हो । साहले ब्यक्तिगत फाईदाका लागी सो सडक निर्माण गरेको उनिहरुको आरोप छ ।

मुद्दा दायर गर्नेहरुमा जिल्ला सिरहा लहान नगरपालिका वडा नम्बर -२२ बस्ने झौली साह , लहान - ४ कि बिभा कुमारी यादव र लहान - ३ कि कपिलेश्वरी देवी रहेको रामबृक्ष साहले पत्रकार सम्मेलनको आयोजना गरी बताएका छन् । करिब आधी किलो मिटर लम्बाई र १५ फिट चौडाईको नव निर्मित सडक लहान नगरपालिकाले निर्माण गरेको हो । तिनै जनाले जिल्ला आदालत सिरहामा दिएको मुद्दामा मेरो चरीत्र हत्या गर्ने प्रयास भएको साहले बताए । सडकले आम जनतालाई फाईदा गर्ने छ भन्दै उनले भने - `नवनिर्मित कृषि सडकको नजिक मेरो स्कुल छ , तर मेरो स्कुलमा साविक देखि नै बाटो छ, उक्त नव निर्मित बाटोले मलाई मात्र ब्यक्तिगत फाईदा गर्दैन , सबैलाई फाईदा गर्छ । ,

दिएको मुद्दा पुर्ण रुपमा राजनीतिक षड्यन्त्र रहेको र उक्त आरोपमा सत्यता नरहेको उनले दाबी गरे । मेरो स्कुल नजिक बाटो निर्माण भएकोले म माथी झुठो आरोप लगाईएको उनले बताए । स्कुलको बाटो साविक देखि नै छ , उक्त बाटो देखि स्कुल कुनै सरोकार राख्दैन् साहले फेरी दोह्र्याए । सरोकारवाला निकायलाई स्थलगत रूपमा आई सत्य तथ्य छानबिनका साथै न्यायका लागी आग्रह गरेका छन् ।

Open Photo

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤