विराटनगरको जोगवनी नाका सर्वसाधारणका लागि खुला

  • साउन २९, २०७८
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह विराटनगर, २९ साउन । खुल्ला नाकाहरुबाट नेपाल भारत आवतजावत गर्न नदिने उद्देश्यले बुधबारदेखि जोगबनी नाकाबाट सर्वसाधरणहरुलाई आवत जावत गर्न दिएको छ । विगत १७ महिनादेखि कोरोनाका कारण बन्द रहेको जोगबनी नाकाबाट सर्वसाधारणहरुका लागि सरकारलेस्वास्थ्य परिक्षण गरेर आवत जावत गर्न दिएपछि सर्वसाधारण खुशी भएका छन् ।

No description available.

नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि कारोनाको संक्रमण जोखिम न्यूनिकरण गर्न लकडाउन जारी गरेसँगै सीमा नाकाहरुसमेत बन्द गरेको थियो । तर, मोरङका अन्य विभिन्न सहायक नाका र चोरबाटोबाट ओहरदोहर भइरहेको थियो । विराटनगरको दरैया, मटेरवा, दक्ष्णि गेट, जहदा गाउँपालिकाको बुधनगर, तरिगामा, मझारे, डुमरीया, धनपाल थान गाउँपालिकाको नोचा, मायाँगञ्ज, रंगेली नगरपालिकाको चोप्राहा, आमगाछी, सुनवर्षी नगरपालिकाको सिक्टी, रतुवामाई नगरपालिकाको कुटुमगञ्ज, डोरीया लगायतका खुल्ला नाकाहरुबाट सर्वसाधारण लुकीछिपी आवत जावत गर्दै आएका थिए ।

No description available.

बुधबारदेखिसर्वधारणहरुलाई आवतजावत गर्न सहज बनाएपछि जोगबनी नाकामा भीड देखिएको छ । जोगबनी नाकाबाट आवातजावत गर्न दिएपछि रोटीबेटीको सम्बन्ध भएको भारत जान र आउन सहज भएको स्थानीयले बताएका छन् । उनीहरुले अनिवार्य रुपमा एन्टीजेन परीक्षण गरेर मात्र सर्वसाधारणलाई नेपाल प्रवेश गर्न दिनुपर्ने  बताएका छन् ।

बुधबारदेखि नाका खुला भएसँग ओहोरदोहर गर्नेको संख्यामा अत्याधिक बृद्धि भएको छ । जोगबनी नाका खुल्ला गरिएसँगै सो क्षेत्रमा अत्याधिक भीड लाग्न थालेको हो । नाका खुला भएसँगै सर्वसाधारण खुशि देखिएका छन् । सो नाका खुला गरिएपछि धेरै सहज भएको विराटनगर–२ का शिव कटुवालले बताए ।

No description available.

विराटनगरकी लक्ष्मि केसीले सीमा नाका खुला गरिएकाले सहज भएपनि सतर्कता अपनाउनुपर्ने बताइन् । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अन्य सहायक नाका र चोरबाटोबाट आउजाउमा कडाई गरेर पैदल यात्रीका लागि ओहोरदोहोर खुल्ला गरिएको जानकारी दिए ।

मुख्य नाका बन्द रहँदा अन्य सहायक नाका र चोर बाटोबाट लुकिछिपि ओहोरदोहोर हुनेक्रम रोकिएको थिएन । त्यसैले सीमा क्षेत्रका स्थानीयले नाका खुल्ला गर्न माग गर्दै आइरहेका थिए । अब मुख्य नाका खुला गरिसकेपछि चोरबाटोबाट ओहोरदोहर हुनेक्रमलाई निरुत्साहित गर्न जरुरी रहेको स्थानीयले बताएका छन् । पैदल यात्रीका लागि जोगबनी नाका खुल्ला गरिएपनि उच्च सतर्कता अपनाउन जरुरी देखिएको सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१