Siraha Times
ताजा समाचार

सबल नेपाल द्वारा घर - घरमा मिनी पुस्तकालय स्थापना

बालवालिकाहरुलाई सैक्षिक सामग्रीहरु सहयोग

  • साउन २९, २०७८
  • ७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी २९, साउन । सप्तरीको सुरुङ्गा नगरपालिकाको विभिन्न वडाहरुमा स्याहारकर्ता समुहका आमाहरुलाई घरमै मिनी पुस्तकालय स्थापना गरी वालवालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरेका छन । सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत सबल नेपाल सप्तरीले शैक्षिक सामग्रीहरु सहयोग गर्नु भएको सबल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ ।

No description available.विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलि रहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथी र ५ बर्ष मुनीका बालवालिकाहरुलाई लक्षित गरी उनिहरुको घर - घरमै मिनि पुस्तकालय स्थापना गरी सुरक्षित रुपमा अध्ययन गर्नकालागि क्रृयाकलाप बुक १ थान, कथा भएको पुस्तक १५ थान, जनचेतनामुलक पोस्टर लगायतका सामग्रीहरु सहयोग गरेको सुरुङ्गा नगरपालिका वडा नम्वर - ७ वडा अध्यक्ष शिवनारायण चौधरीले बताउनु भएको छ,- चौधरीका अनुसार सबल नेपालले वालवालिकाहरुको हकहित लागि गुण्स्तरिय शिक्षा, स्वास्थ्य र सुरक्षाको सबालमा नियमित रुपमा सहयोग गरिरहेको बताउनुहुदै सुरुङ्गा नगरपालिका वडा- ८ का १०१ र वडा- ७ का १०२ गरी २०३ जना स्यहारकर्ता अभिभावकहरुलाई वालवालिकाहरुको प्रयोजनका लागि प्रयाप्त मात्रामा शैक्षिक सामग्रीहरु र स्याहारकर्ता आमाहरुलाई IVR एकिकृत अन्तरक्रृयात्मक सेसनमा भाग लिनका लागि सिमकार्ड सहित मोवाईल फोन समेत सहयोग गरेको बताउनु भयो ।

No description available.

सबल नेपालका समुन्नति कार्याक्रमका परियोजना संयोजक नन्दकिशोर चौधरीका अनुसार दुवै वडाका २०३ जना अभिभावकहरुलाई सामग्रीहरु सहयोग गरेका छौ र अगामी दिनमा आमाहरुले प्राप्त गरेको सामग्रीहरु आ आफ्ना घरमा मिनी लाईब्रेरी स्थापना गरी घरमै छोराछोरीहरुलाई शिक्षा दिने र मोवाईल प्रयोग गरी स्याहारकर्ता आमाहरु अन्तरक्रृयात्मक सेसनमा भागलिने बताउँनु भएको छ । कोभिडको प्रभावले बालवालिकाहरु विशेष प्रभावित भईरहेको समयमा सबल नेपालले नियमित रुपमा बालविकास, आधारभुत शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण, किशोर किशोरी विकास, किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य, जिविकोपार्जन र घरमा सुरक्षित र सिकाई परियोजना अन्तरगत विभिन्न कार्यक्रमहरु सचालन गरीरहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१