ताजा समाचार

सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकामा प्रसुतीसेवा संचालन

  • साउन २९, २०७८
  • ८६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २९, साउन । सिरहा जिल्लाको लक्ष्मीपुर पत्तारी गाउँपालिकामा बिहिवारबाट २४ घण्टे प्रसुती सेवा केन्द्र संचालन भएको छ । वडा नम्बर - १ रामपुर र वडा नम्बर - ६ सितापुरको स्वास्थ्य चौकीमा एकैसाथ सुरक्षीत प्रसुती सेवा केन्द्रको उदघाटन भएको हो । गाउँपालिका अध्यक्ष रामबल्लभ साहद्वारा विधिबत रुपमा सेवा केन्द्रको उदघाटन भएको गाउँपालिकाका स्वास्थय शाखा प्रमुख काशीराम यादवले जानकारी दिनुभयो । पालिका अध्यक्ष साहले स्वयंम् सेविकाहरुलाई बर्थिङ्ग सेन्टरको प्रचार प्रसार गर्न निर्देशन दिनुभएको छ । नियमित प्रदान गर्ने सुरक्षीत प्रसुती सेवालाई थप निरन्तरता राख्न गाउँपालिकाले आगामी दिनमा अझै व्यबस्थित गर्न सक्दो प्रयास गर्ने बताउनुभयो ।

No description available.

स्वास्थ्य संस्थामै सुत्केरी गराउँदा चिकित्सकको उचित परामर्शका साथै औषधी उपचार, नि: शुल्क स्वास्थ्य सामाग्री समेत प्रदान गरीने भएकोले सुरक्षित प्रसुती सेवा लिन पालिकाका गर्भवती दिदी बहिनीहरुलाई अध्यक्ष साहले आग्रह गरे । उदघाटन कार्यक्रममा वडा नम्बर - १ का वडा अध्यक्ष मनिकलाल यादव र ६ का वडा अध्यक्ष राजेश्वर साहको अध्यक्षता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव , गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुमिन्त्रा लामा , लेखापाल नरेश कामती , आयुर्वेद शाखा प्रमुख धनिकलाल यादव लगायतका स्थानीय बुद्धिजीवी , राजनैतिक दलका पदाधिकारीहरुको रोहबरमा उदघाटन भएको रामपुर स्वास्थ्य चौकीका प्रमुख अनिल कुमार साहले जानकारी दिनुभयो । कार्यक्रममा रामपुर स्वास्थ्य चौकीका जग्गा दाता बिन्देश्वर साह हलुवाईलाई प्रमाण- पत्र सहित दौसला ओढाई गाउँपालिका अध्यक्ष रामबल्लभ साहले सम्मान गरेका थिए । एसबिए तालिम प्राप्त दक्ष अनमी / चिकित्सकहरु द्वारा गाउँमै २४ घण्टे प्रसुतीसेवा संचालनमा आएपछि स्थानीय खुशी भएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤