Siraha Times
ताजा समाचार

थप ३ हजार २६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

  • साउन २८, २०७८
  • ७०८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । गत २४ घण्टामा नेपालमा १५ हजार ४६२ जनाको परीक्षण गर्दा ३ हजार २६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २९४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६५६ जनको परीक्षण गर्दा ७८७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार १८० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१