Siraha Times
ताजा समाचार

तरुण दलका अध्यक्ष बस्नेतद्धारा अन्तराष्ट्रिय युवा दिवसको शुभकामना

  • साउन २८, २०७८
  • १७४५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । अन्तराष्ट्रिय युवा दिवसको शुभ अवसरमा नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले सम्पूर्ण युवाहरुलाई शुभकामना दिएका छन् ।

आज विहानै शुभकामना सन्देश जारी गर्दै अध्यक्ष बस्नेतले नेपाल तरुण दल केन्द्रिय समिति नेपाल लगायत संसारभर बसेका युवाहरुलाई अन्तराष्ट्रिय युवा दिवस २०२१ को हार्दिक शुभकामना व्यक्त गरेका हुन ।

यस्तो छ शुभकामना सन्देश

अन्तराष्ट्रिय युवा दिवस २०२१ को हार्दिक शुभकामना।

राष्ट्र राष्ट्रियताको प्राण हो युवाहरु । आर्थिक विकास र समृद्धिको आधारशिलाहरु हुन युवाहरु । लोकतन्त्र र परिवर्तनको संवाहकहरु हुन युवाहरु । न्याय समानता र समतामुलक समाजको जग निर्माण गर्ने शक्ति हो युवाहरु । अनाथ असाहय र गरिबहरुको साहारा हो युवाहरु । वर्तमानको साक्षी र भविष्यको मेरुदण्डहरु हुन युवाहरु । ईच्छाशक्तिले भरिपुर्ण अथाह जोश र जाँगरले सिँचित प्रवृति साहसिक व्यक्तिहरु हो युवाहरु । विचार, सिद्धान्त र दृष्टिकोणले परिपक्क मानिस हो युवा । असिन आँट र हिम्मतको खानीहरु हो युवाहरु । विकसित प्रविधिको खोज अनुसन्धान र परिक्षण गर्न योग्य बौद्धिक जमातहरु हो युवाहरु ।

शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि, खेलकुद कलाकारिता, उद्योग अनि उद्धम मार्फत नेपाली समाजलाई नयाँ उचाईमा पुर्याउने ताकत राख्नेहरु हुन युवाहरु । आफुलाई सक्षम र सशक्त बनाउँदै विश्व माझ नेपाल राष्ट्रको पहिचानलाई अण्क्षुण राख्दै नेपाल र नेपालीलाई बीरताको गाँथाको रुपमा चिनाउने माध्यमहरु हो युवाहरु । ज्ञान, शिप, क्षमता, चेतना र विवेकको समयमा नै प्रयोग गरी हाम्रो सामु खडा समस्याहरु संग जुध्न सक्ने सामथ्र्य राख्नेहरु हुन युवाहरु । विश्व युवा दिवसको पुनित अवसरमा नेपाल तरुण दल केन्द्रिय समिति नेपाल लगायत संसारभर बसेका युवाहरुमा अन्तराष्ट्रिय युवा दिवस २०२१ को हार्दिक शुभकामना व्यक्त गर्दछ । अन्त्यमा, युवाहरुको सहभागिता र संलग्नता बेगर भएको संसारको कुनै पनि परिवर्तनहरुले संस्थागत रुप लिई दिगो हुन सकेको छैन । संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडी बढाउन नेपाली काँग्रेसको काँधमा आईपरेको जिम्मेवारीलाई सहर्ष पुरा गर्न नेपाल तरुण दल केन्द्रिय समिति यसै शुभकामना सन्देश मार्फत सम्पूर्ण लोकतन्त्रप्रेमी युवाहरुलाई एउटै एजेण्डामा एकाकार हुन आव्हान गर्दछ ।

जय नेपाल ।
जित जङ्ग बस्नेत

अध्यक्ष

236432080_535826231085345_8211926262073811636_n-218x300

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१