हाटबजार व्यवस्थापन पछि स्थानीय हर्षित;स्थानीयको तरकारी बजारमा

  • साउन २७, २०७८
  • १२८१ पटक पढिएको
  • रामएकवाल राम
alt

विष्णुदेव सरदारसिरहा श्रावण २७बुधबार - सिरहाको दक्षिणी सिमावर्ती लक्ष्मीपुर - पतारी गाउँपालिका मेयर रामवल्लभ साहले गरेका कामकाज चर्चा जतातत्तै देखिएको छ। जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित साह विभिन्न बाधा अवरोध विच जनताको मतले जीत हात पारेर जनमतको कदर गर्दै आइरहेको देखिन्छ ।

पतारी हाट र रामपुर बजार व्यवस्थापन गराए दिन देखि नै हाटमा मानिस आँउन रुचाउँने , स्थानीयहरुले आफ्नै बारीमा उत्पादन गरेका आलु , खुर्सानी , लौका , बोरी , खिरा , बैगन कोबी लगायत अनेकौं हरियो साग , सब्जी बजार बेच्दा हर्षित भएको देखिन्छ । कैयौं दशक देखि पतारी बजारमा प्रत्येक सप्ताहको आइतबार र बिहीबार "हटिया"लाग्दै आइरहेका छन। त्यसैगरी रामपुर बजारमा प्रत्येक सप्ताहको सोमबार र शुक्रबार गरि २ दिन हटिया लाग्दै आइरहेका छन। हाट आर्थिक उन्नतिको एउटा केन्द्र विन्दु बन्दै गएकाले दिनानुदिन

स्थानीयहरुको आकर्षित बढदै गएको देखिन्छ । व्यपारी भन्दापनि स्थानीय नै बढि दैनिक उपभोगीय लिएर आउने गरेका छन। पतारी पोखरी सौन्दर्यकरण हाट बजार व्यवस्थापन , सिसिआर सि ढलान गापाका ६ वटै वडाहरुमा । पिप्रा प्र.धमा एक आधुनिक र सुविधा सम्पन्न पिप्रा स्वास्थ्य चौकी , त्यसतै वडा न.२ पोखरभिण्डामा अवस्थित श्री जनता डोमी चौधरी माध्यमिक विद्यालयलाई प्रदेश न.२ कै एउटा नमुना विद्यालय बनाउने गृहकार्य भइरहेको पालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत रामवालक पासवानले बताए । पालिका भित्र दलित , जनजाति , सुकुम्बासी , मधेसी , पछिडिएका वर्गका समस्याहरुलाई आत्मसात गरी अघि बढिरहेको देखिन्छ ।

वडा न.१ पिप्रा , वडा न.२ पोखरभिण्डा,वडा न.३ महेशपुर हरिनगर ,वडा न. ४ लक्ष्मीपुर ब्रहम्पुरी , वडा न. ५ खरुकियाही , वडा न. ६ सितापुर पालिका भित्रका वडाहरु पर्दछन। कृषि क्षेत्रमा खेत खेतमा विजुली पुर्याइदिएका छन। पालिका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामा जनताको समस्या कर्मचारी बुझेका छन । यो पालिका अरु पालिकाको तुलनामा बेग्लै कामकाज गरेर देखाएको जिकिर गरेकी छिन। शिक्षा , स्वास्थ्य , खानेपानी , कृषि , सडकमा पालिकाले क्रान्ति ल्याएको छ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१