ताजा समाचार

ज्योति पासवान मृ-त्यु प्रकरण : प्रेमी कृष्ण मिश्रा विरुद्ध जाहेरी दर्ता

  • साउन २७, २०७८
  • १००० पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी – सप्तरीको सुरुंगा नगरपालिका-७ पोखरियाकी ज्योति पासवानको मृ-त्यु प्रकरणमा उनका प्रेमी कृष्ण मिश्राविरुद्ध उजुरी दर्ता गरिएको छ ।झाविरुद्ध ज्योतिका पिता प्रमोदले आत्महत्या दुरुत्साहन ज्यान सम्बन्धी शीर्षकमा जाहेरी दर्ता गराएका हुन् ।

प्रमोदले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्ले जानकारी दिए ।कृष्णले ललाइफकाइ आफ्नी छोरीलाई घरबाट लिएर गएको र यौन शोषण गरी छाडेपछि छोरीले आ-त्महत्या गरेको प्रमोदले दिएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा कृष्णलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उप दफा २ नम्बर बमोजिम दण्ड सजाय गरी जाहेरबालालाई क्षतिपूर्ती समेत दिलाइदिन माग गरिएको छ ।सुरुंगा ७ पोखरियाकै कृष्णले गत फागुन १० गते मेरो श्रीमती रहेको भन्दै ज्योतिलाई लिएर गएका थिए । ज्योतिसँग विवाह गर्ने बताउँदा कृष्णका बुवाले कुनै किसिमको सम्पति नदिने भन्दै कागज गराउँदा उनले हाँसी-हाँसी औंठाछाप लगाएको थिए ।

ज्योतिलाई कृष्णले पाँच महीनासम्म आफैसँग राखेका थिए । कृष्णअसारको पहिलो साता कोठा खोज्न जाँदैछु भन्दै लहानको पुष्पाञ्जली लजबाट बाहिरिएका थिए । उनी एक सातासम्म नर्फकेपछि ज्योतिले आफ्नी आमालाई फोन गरेर भनेकी थिइन् ।

केही समयपछि ज्योतिका बुवा प्रमोदले उनलाई घर लिएर गएका थिए ।ज्योतिले आफ्नै घरमा यही साउन २३ गते आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सप्तरीको सुरुङ्गामा ...

रहमुल, सप्तरी १२ कार्तिक।  नेपालका सामाजिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका १३ महिल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤