ताजा समाचार

राज्यको सेवा सुबिधाबाट बंन्चितीकरणमा परेका परिवारलाई राहत

सिरहामा नेपाल परिवार दलद्धारा अति बिपन्न समुदायमा राहत

  • साउन २५, २०७८
  • ७२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ श्रावण - सिरहाको लहानमा राज्यको सेवा सुबिधाबाट बंन्चितीकरणमा परेका परिवारलाई नेपाल परिवार दलद्धारा राहत सहयोग गरेका छन्। नेपाल सरकारको पुर्व शांन्ति तथा पुनःनिर्माण मन्त्री एवं हाल नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा प्रदेश नम्बर २ का सम्पुर्ण जिल्लामाहरुमा अतिबिपन्न परिवारलाई राहत सहयोग गरेका छन्।

सिरहाको लहानमा नेपाल परिवार दलका केन्द्रिय सदस्य तथा महिला अधिकारकर्मि रिता महतोको नेतृत्वमा राहत स्वरुप २५किलो चामल,२ किलो दाल,२लिटर खाने तेल,१किलो चिनी,५ किलो पिठो,५०० सय ग्राम सबजी मसला,२पिस नुहाउने साबुन गरी प्रति ब्यक्ती खाद्य्यान लहान, गोलबजार लगायत ३५ घर धुरीलाई राहत सहयोग गरेका नेपाल परिवार दलका पार्टी प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो।

राहत वितरण कार्यक्रममा मुक्ति नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देश श्याम कुमारी साह,उतिम लाल मेमोरियल अस्पतालका संचालक डाक्टर शुशिला सिंह महिला अधिकारकर्मि शांन्ति पासवान पत्रकार महेश सिंह पार्टीका केन्द्रिय सदस्य संन्तोष साह समाज सेबि दिपेन्द्र कर्ण,ब्रहमदेब महतो इन्द्र्देब महतो लगायतका ब्यक्तीहरुको सहभागीता रहेको थियोे। राहत वितरण कार्यक्रममा केन्द्रिय अध्यक्ष एकनाथ ढकालका अनुसार नेपाल परिवार दल संबिधान निर्माण गरेको पार्टी हो। हाम्रो पार्टी देशको हरेक दु:ख कष्टमा भाग लिदै अगाडि बडेको पार्टी मध्ये एक हुन्।

हाम्रो पार्टी समताको पक्षधर पार्टी पनि हो केन्द्रिय अध्यक्ष ढकालले बताए।हाम्रो पार्टीले युनिभर्सल पिस फाउन्डेसन र अरु विभिन्न संस्थाहरुको सहयोगमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिएका छन्। आफुले प्रेमस्वरुप सानो राहत लिएर सहयोग गर्न सिरहाको लहान आएको छु हजुरहरुले उक्त राहत स्वीकार गर्नु हुन्छ भन्ने मेरो बिश्वास छ भन्दै नेपाल एउटा घर हो हामी सबै नेपालीलाई एक अर्कालाई सहयोग गर्नु पर्छ बताए।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤