ताजा समाचार

प्रदेश २ : कार्यकक्षमै मस्त निद्रामा भेटिए सरकारी कर्मचारी

  • साउन २४, २०७८
  • १४१७ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुर : कर्मचारीहरु कार्यालयमा किन जान्छन् ? सजिलो जवाफ हुन्छ काम गर्न । तर सबै कर्मचारीहरु कार्यालयमा गएर काम नै गर्छन् भन्ने हुँदैन । कोही कोही कर्मचारी आराम गर्न र सुत्नकै लागि कार्यालय जान्छन् । माथिको तस्बिरले यो पुष्टि गरेको छ ।

तस्बिरमा देखिएको दृश्य प्रदेश २ को राजधानी जनकपुरको हो । अनि त्यो सरकारी अड्डा हो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनुषा । आइतबार बिहान त्यहाँ पुग्दा एकजना कर्मचारी मस्त निद्रामा सुतिरहेका थिए ।

उनी कार्यालय समयमा आफ्नै कार्यकक्षमा सुतिरहेका थिए । उनी हुन् कर्मचारी हुन्, सोधपुछ तथा मुआब्जा शाखाका नरेन्द्र यादव । घुम्ने कुर्सीमा बसिरहेका उनी दुबै खुट्टा टेबलमाथि राखेर मस्त निद्रामा थिए । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा पंखा घुमिरहेको थियो । पंखाको हावा खाँदै उनी मस्त निदाएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤