होटल शाही प्यालेसमा साइना अन्सारीको संखास्पद मृत्यु भएको छ

  • साउन २३, २०७८
  • ९१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी साउन २३ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं छ त्रिवेणी धामको होटल शाही प्यालेसमा रामग्राम नगरपालिका वडा नं १२ शान्ति टोल बस्ने १८ वर्षिय अजय राजभरले १७ वर्षिय साईना अन्सारीलाई साँझ ६ बजेतिर होटल प्यालेसमा पुर्याएका थिए करिब ६.३० बजे युवती बिरामी परेपछि युवकले अटोमा बर्दघाटको चौपतास्थित शहीद स्मृति सामुदायिक अस्पतालमा करिब रातको ८ बजे पुर्याएको थियो अस्पताल परिसरमा डाक्टरले युवतीलाई मृत घोषित गरेपछि युवक फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । फरार युवकको काका २८ वर्षिय व्यासप्रसाद भर र होटल सञ्चालक ४५ वर्षिय भोजबहादुर थापा लगायत युवकले प्रयोग गर्दै आएको होण्डा साइन लु ४ प ८१७६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानले युवतीको अत्यधिक रक्तश्रावको कारण मृत्यु हुनसक्ने प्रहरीले जनाएपनि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासी लागिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

रोट्र्याक्ट क्लब अफ ...

रंजित चौरसिया,वीरगंज १८ भदौं। नेशनल मेडिकल कलेज प्राइभेट लिमिटेड वीरगंज स्थित एक अग्रणी स्वास्थ्य सं ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१