ताजा समाचार

होटल शाही प्यालेसमा साइना अन्सारीको संखास्पद मृत्यु भएको छ

  • साउन २३, २०७८
  • ११४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी साउन २३ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं छ त्रिवेणी धामको होटल शाही प्यालेसमा रामग्राम नगरपालिका वडा नं १२ शान्ति टोल बस्ने १८ वर्षिय अजय राजभरले १७ वर्षिय साईना अन्सारीलाई साँझ ६ बजेतिर होटल प्यालेसमा पुर्याएका थिए करिब ६.३० बजे युवती बिरामी परेपछि युवकले अटोमा बर्दघाटको चौपतास्थित शहीद स्मृति सामुदायिक अस्पतालमा करिब रातको ८ बजे पुर्याएको थियो अस्पताल परिसरमा डाक्टरले युवतीलाई मृत घोषित गरेपछि युवक फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । फरार युवकको काका २८ वर्षिय व्यासप्रसाद भर र होटल सञ्चालक ४५ वर्षिय भोजबहादुर थापा लगायत युवकले प्रयोग गर्दै आएको होण्डा साइन लु ४ प ८१७६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानले युवतीको अत्यधिक रक्तश्रावको कारण मृत्यु हुनसक्ने प्रहरीले जनाएपनि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासी लागिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤