राज्यको सेवा सुविधाबाट बन्चितिकरणमा परेको समुदायलाई काङ्ग्रेस नेता चौधरीद्धारा राहत

श्रीमतीको अन्तिम ईच्छा पुरा गर्न बिपन्न बस्तीमा समाजसेबि चौधरीद्धारा राहत वितरण

  • साउन २३, २०७८
  • ६५९ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह, बबिता मण्डल लहान २३ श्रावण - नेपाली काङ्ग्रेसका महाँ समिति सदस्य तथा समाज सेबि महेश चौधरीले राज्यको सेवा सुविधाबाट बन्चितिकरणमा परेको समुदायलाई राहत वितरण गरेको छ ।

सिरहाको लहान नगरपालिका वडा नम्बर २० र २२ गरी फरक फरक दुई स्थानमा ४ क्युन्टल ५० किलो चामल,नुन, खानेतेल ,दाल, आलु, मटर लगायतका खाध्यान्न सामग्री सहयोग गरिएका छन्। सामाग्री प्रदान गरीने ठाउँ पुर्ण रुपमा छनौट गरिएको बिपन्न बस्तीका राज्यको सेवा सुविधाबाट बन्चितिकरणमा परेको घर- परिवारका सदस्य रहेको समाजसेवी महेश चौधरीले बताए ।

232444547_261295415500109_3904351096424924651_n

समाज सेवा गर्दा गर्दै मैले श्रीमाती गुमाएको छु।श्रीमतीको बिपन्न परीवारको समाजप्रतिको मोह र उनको अन्तिम ईच्छा पुरा गर्न गरीब,दलित र असहायका लागी प्रत्येक महीनाको - २२ गते राहत बितरण कार्यक्रमलाई मैले निरंतरता दिदै आएको बताए । समाज सेबि चौधरीका अनुसार मेरो श्रीमती संगिता कर्माचार्य २०७८ जेष्ठ २२ गतेको दिन सधैंको लागि यो संसारबाट बिदा हुनुभएको छ।

231806684_995889924569309_4830232300621088964_n

उनको अन्तिम ईच्छा पूरागर्न ब्यक्तिगत लगानीमा बिपन्न बस्तीमा राहत वितरण गरेको हो। संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा उक्त सहयोगलाई सदैव निरंतरता दिने छु`समाजसेवी चैधरीले घोषणाका साथै प्रतिबद्धता गरेका थिए।बिपन्न परिवारका गरिब दलित गरी ३५ जना गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन्।

गर्भवती महिलाबाट जन्मेका बच्चा कुपोषण नहोस र शारीरिक रुपमा पुर्ण रुपमा स्वास्थ बच्चा पाओस् भने स्वर्गीय कर्माचार्य र मेरो चाहना हो कार्यक्रममा बताए।केहि हप्ता अगाडि लहान नगरपालिका २२ का समाज सेबि समतलाल सदाको निधन भएको खबर पाए लगत्तै समाज सेबि चौधरीले बुझदा सामाजिक भोज गर्न राहत स्वरुप चालम दाल नुन तेल लिएर सहयोग गर्न लहान २२ गमहरीया पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषध गाँज ...

ओम प्रकाश यादव लहान जेठ ५ । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ०१, देविपुरमा सञ्चालित 'शिद्धीक ...

पशुपति आदर्श माविमा ...

लहान जेठ ५ । पशुपति आदर्श माविमा नौ वर्षअघिको भाडा रकम प्रकरण : थारु संघद्वारा भ्रामक समाचारविर ...

सिरहा प्रहरीले लागुऔ ...

ओम प्रकाश यादव लहान, जेष्ठ ४ । सिरहा जिल्लामा लागुऔषध कारोबार र अवैध रकमको ओसारपसारमा संलग्न पाँच जन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१