ताजा समाचार

उदयपुरको बेलाका नगरपालिकाले ६० लाख खर्चेर बनायो सुँगुरको मूर्ति

  • साउन २२, २०७८
  • ९८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जितेश मण्डल श्रावण २२ / उदयपुर: २०७४ मा स्थानीय सरकार बनेपछि देशभरि ठाउँ-ठाउँमा सोही ठाउँका विशेषता अनुसार विभिन्न कुराका मूर्ति ठड्याइएका छन्। कहीँ सिमेन्टले गुराँसका रूख बनाइएका छन्, कहीँ क’रूवाका मूर्ति ठड्याइएका छन्। हालसालै उदयपुरको बेलका नगरपालिकाले सुंगुरको मूर्ति बनाएको छ। बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा बनाइएको उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट छ। नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ।

‘यो मूर्ति नगरपालिका आफैंले बनाएको हो। दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर थापाले भने,‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं। ’ सुंगुरको यो मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरिदिएको उनले बताए। अहिले धनु याख्खा कलाकारले उक्त मूर्ति बनाइराखेका छन्। ‘अहिलेचाहिँ मूर्तिको मात्र काम भइरहेको छ। पार्कका लागि थप २० लाख बजेट छुट्याइएको छ। त्यसको ठेक्काको काम बाँकी छ,’ मेयर थापाले भने। वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र राईले मेयर थापाकै अवधारणअनुसार सुंगुरको मू’र्ति बनाइएको हो।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤