Siraha Times
ताजा समाचार

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको करार कर्मचारीलाई तिन ओटा पद

  • साउन २१, २०७८
  • २५५० पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी नबिन यादव - सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा करारका कर्मचारी राजेश कुमार झालाई जिम्मेवारी माथि जिम्मेवारी गाउँपालिका प्रमुखले दिएकाछन् ।कराका कर्मचारी झाले तिन वटा पदको जिम्मेवारी सम्हाल्दै आएकाछन् ।बिपद जोखिम न्युनिकरण अधिकृत ,शिक्षा शाखा प्रमुख सुचना अधिकारी रूपमा काम गरि रहेकोले वहाँमा अहमताका साथै थप महत्त्वाकांक्षा बढेको पाएकोछ । त्यसलै जनताका जनप्रतिनिधि सुचिता कुमारी यादवलाई बदनाम गराउन पदीय मर्यादा विपरीत झा काम गरि रहेकाछन् । वहाँ कर्मचारी भएपनि खुलेर राजनीति गरिरहेको गाउँपालिका उपाध्यक्ष सुचिता यादवले आरोप लगएकाछन् ।

232191496_4118090618228093_7836264611290957793_n

राजेश झा ठेक्कापटा , कोटेशन , गैरसरकारी क्षेत्रमा काम गर्ने संघ संस्थाबाट रकम उठाउने प्रतिनिधिको रूपमा पनि काम गर्दै आएको स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले आरोप लगाएकाछन् । राजैश झा ले २०७६÷२०७७ मा गाउँपालिका बाट पेस्की रकम- २०००००० लाख समेत उठाउनु भएको लेखा कागजमा लिखित समाबेस गरिएको छ। एउटै ब्यक्तिलाई तीनवटा जिम्मेवारी राजनैतिक खिचातानीका कारण झाले पद र पावरको भरमा गरिएका सरूवा सहमतिमा आर्थिक चलखेलका गरेको कारण शिक्षा क्षेत्र धारायसी भएकाछन् ।

229483930_866533557402256_6534789015533690664_n

वहाँको हरेक कला कर्तुत ढाकछोप गर्नमा महारथ हासिल गरेकाछन् । गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह । वहाँ एउटा प्रतिनिधि पात्र मात्रै हुन् । तिलाठी कोईलाडी गाउँपालिकामा नियमविपरीत कर्मचारी नियुक्ति गरियेेको र वहाँहरूको नियुक्ति नै भ्रष्टाचार गर्न सहयोगको लागी मात्रै गरेको स्थानीय निशान्त सिंहले बताए । भ्रष्टाचार गर्न अंकुश लगाएका कारण बदनियत पुर्ण तरिकाले पावरको भरमा राजेश झा र गाउँपालिका अध्यक्ष सतिश सिंह मिलि प्रशासकीय अधिकृत राजिब कुमार झालाई सरूवा गराको आरोप स्थानीय युवा बिटु मिश्राले लगाएका छन् ।

राजेश कुमार झा ती ब्यक्ति हुन् । जसले बाल केन्द्रीत विपद जोखिम कार्यक्रम का संयोजक भई जिल्ला विकास समिति सप्तरी काम गर्दै आएका थियोे । राष्ट्रमा नयाँ संमरचना गएपछि त्यहीँबाट एउटा चिट्ठी लिइ गाउँपालिका छिरे हाल उक्त कार्यक्रम सम्पन्न भई सकेपनि वहाँ आफ्नो गाउँपालिका प्रमुखलाई नजना दिई खुस पार्न सफल भएर करारमा काम गरि रहेकोछ । वहाँ तीनवटा शाखा प्रमुखको रूपमा जिम्मेवारी लिई ५० लाख भन्दा बढी रकम पेश्की लिई बिना कामकाजको फरफार्क गर्दै आएका छ सो जानकारी श्रोतले गराएकाछन् ।

शाखाहरु बाट उठाएको रकम आफू प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई समेत कमिसनबाट उठेको रकम खुवाउने गरेको स्थानीय युवाहरूले आरोप लगाएकोछ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१